Bizshala
  • सोमबार, चैत्र १६,२०८२ 08:08:51
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया बैंकको २०८३ सालको क्यालेन्डर सार्वजनिक, नेपाली लोक बाजाको संरक्षण र प्रबर्द्धनमा जोड

Hyundai Nepal
एनआईसी एशिया बैंकको २०८३ सालको क्यालेन्डर सार्वजनिक,  नेपाली लोक बाजाको संरक्षण र प्रबर्द्धनमा जोड
Shivam Cement

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।  

बैंकले नयाँ वर्षको हार्दिक शुभकामनासहित लोपोउन्मुख तथा परम्परागत नेपाली लोक बाजाहरु मार्फत नेपालको सांस्कृतिक इतिहास र पहिचानको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ आकर्षक साजसज्जामा २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको हो ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

नयाँ वर्ष २०८३ ले सम्पूर्ण ग्राहक महानुभावहरु तथा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुमा नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ नेपाली लोक बाजा संग्रहालयको समेत सहयोगमा नयाँ क्यालेन्डर सार्वजनिक गरेको हो ।  

बैंकले देशको विभिन्न क्षेत्र, समुदाय तथा चाडपर्वमा प्रयोग हुने धार्मिक, सांस्कृतिक, सामाजिक एवं ऐतिहासिक महत्व भएका लोकप्रिय तथा लोपोउन्मुख बाजाहरु र बजाउने शैलीसहितका तस्बिरहरु भएको भित्ते तथा टेबल क्यालेन्डर बैंकको आधिकारिक वेबसाइट मार्फत सार्वजनिक गरेको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

नेपालका विभिन्न समुदायमा रहेका लोक तथा सांस्कृतिक बाजाहरु हाम्रो संस्कृति, परम्परा, पहिचानका प्रतीकका साथसाथै सांस्कृतिक सम्पदा हुन् । यस कार्यले यिनीहरुको संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरणमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।    

साथै, बैंकले क्यालेन्डरमा नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख भएका बिदा, चाडपर्व, दिवस, पञ्चांग तिथि लगायतका विवरणहरू समावेश गरेको छ । ग्राहक तथा सरोकारवालाहरुले बैंकको वेबसाइटमार्फत भित्ते तथा टेबल क्यालेन्डर सजिलै डाउनलोड गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.