काठमाण्डौ । नेपाल इन्स्योरेन्सको संचालकमा होम बहादुर खड्का नियुक्त भएका छन् ।
कम्पनीको संस्थापक सेयरधनी नेपाल बैंकको तर्फबाट पतिनिधि रहेको विश्वराज बरालको सट्टामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत खड्कालाई संचालकमा चयन गरेको हो ।
कम्पनीको चैत १८ गते बसेको संचालक समितिको बैठकले खड्कालाई संचालक समितिको सदस्यमा मनोनयन गरेको हो ।

