शनिबार, जेष्ठ ९,२०८३ 03:14:41
Bizshala
  • शनिबार, जेष्ठ ९,२०८३ 03:14:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भाटभटेनी भरतपुर शाखा पुनः सञ्चालन

Laxmi Sunrise Bank Limited
भाटभटेनी भरतपुर शाखा पुनः सञ्चालन
Shivam Cement

काठमाण्डौ । जेनजी आन्दोलनका कारण ठूलो क्षति व्यहोरेको भाटभटेनी सुपरमार्केटले पुनःस्थापनातर्फ महत्वपूर्ण प्रगति गरेको छ। यस क्रममा चितवनको भरतपुर शाखा पुनर्निर्माणपछि शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ ।  

सात महिना तीन दिनको अवधिमा पुनर्निर्माण सम्पन्न गरिएको उक्त शाखा पूर्ण रूपमा जलेर नष्ट भएको थियो। पुनः सञ्चालनको पहिलो दिनमै देखिएको ग्राहकको उल्लेखनीय उपस्थिति बजारप्रतिको उपभोक्ता विश्वास अझै कायम रहेको संकेतका रूपमा हेरिएको छ।

Bizshala
New Office
CG Motors

कम्पनीका सञ्चालक मीनबहादुर गुरुङले कठिन परिस्थितिबीच पनि सेवा निरन्तरता दिनु व्यवसायिक दायित्व भएको उल्लेख गर्दै अबको सेवा अझ परिष्कृत र ग्राहककेन्द्रित हुने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार भरतपुर शाखामा मात्रै करिब एक अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो।

Garima Development Bank
Shivam Cement
IME remit

जेनजी आन्दोलनले भाटभटेनीका देशभर रहेका ३३ शाखामध्ये १२ वटा पूर्ण रूपमा ध्वस्त पार्दा १६ वटा शाखामा लुटपाट भएको थियो। यसबाट करिब १६ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको बताइएको छ। बीमामार्फत आंशिक राहत प्राप्त भए पनि आयातित वस्तुमा अपेक्षित भन्सार छुट नपाउँदा पुनःस्थापनामा चुनौती थपिएको कम्पनीको भनाइ छ।

हालसम्म भरतपुरसहित कोटेश्वर, महाराजगञ्ज र बालुवाटारस्थित वेयरहाउस पुनः सञ्चालनमा आइसकेका छन् भने बाँकी शाखाहरू क्रमशः पुनर्निर्माणको चरणमा रहेका छन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.