बिहीबार, आश्विन १,२०८३ 07:19:12
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 07:19:12
Bizshala
Global IME Bank Limited

१० मिनेट चार्ज गर्दा २ घण्टासम्म चल्ने ‘रेडमी बड्स एट एक्टिभ’ नेपालमा सार्वजनिक, मूल्य कति ?

१० मिनेट चार्ज गर्दा २ घण्टासम्म चल्ने ‘रेडमी बड्स एट एक्टिभ’ नेपालमा सार्वजनिक, मूल्य कति ?
New Office

काठमाण्डौ । शाओमीले नेपाली बजारमा आफ्नो नयाँ रेडमी बड्स ८ एक्टिभ सार्वजनिक गरेको छ । जुन दैनिक प्रयोगका लागि आरामदायी, सानो र हल्का डिजाइनको रहेको छ । रेडमी बड्स ८ एक्टिभमा कानको प्राकृतिक बनावटसँग मिल्ने इन–इयर कर्भ डिजाइन प्रयोग गरिएको छ, जसले लामो समय प्रयोग गर्दा पनि दबाब कम हुने भएकोले असहज हुँदैन । यसको हल्का बनावटले गर्दा दैनिक प्रयोगमा सजिलो, सुरक्षित र समाउन÷बोक्न पनि सजिलो छ ।

यी बड्सले एक पटक चार्ज गर्दा बढिमा ७ घण्टा र चार्जिङ केससहित ३७ घण्टासम्म प्रयोग गर्न सकिन्छ । १० मिनेटको छिटो चार्जले करिब २ घण्टा प्रयोग गर्न मिल्ने ब्याट्री दिन्छ । सुधारिएको ब्याट्री क्षमताका कारण बारम्बार चार्ज गर्नुपर्ने आवश्यकता पनि हुँदैन ।

Shivam Cement
Bizshala
CG Motors

राम्रो साउण्डका लागि बनाइएका यी इयरबड्समा ठूलो टाइटानियमयुक्त ड्राइभर राखिएको छ । यो टाइटानियम कोटिङ भएको डायाफ्रामले मध्यम र उच्च फ्रिक्वेन्सीमा स्पष्ट र राम्रो साउण्ड दिन्छ । 

एएसी कोडेकले अडियो डेटा कम्प्रेस गर्दा पनि आवाजको विवरण जोगाएर राख्छ र गुणस्तर घट्न दिँदैन । त्यसैले तपाईँले स्पष्ट, विस्तृत र गहिरो (इमर्सिभ) ध्वनी पाउनु हुनेछ ।

प्रयोगकर्ताले डुअल माइक्रोफोन र एआई एल्गोरिदमको सहयोगले अझ स्पस्ट आवाज सुन्न र बोल्न सक्नेछन् । यसको प्रयोगले वरपरको आवाजलाई कम गरी कललाई स्पष्ट बनाउँछ । साथै, हावाको आवाज कम गर्ने प्रविधिले ६ मिटर प्रति सेकेन्डसम्मको हावाको चापमा पनि राम्रो प्रदर्शन गर्दछ ।

Muktinath Bikas Bank Limited

गुगल फास्ट पियरको सहयोगले छिटो र सहज रूपमा कनेक्ट गर्न सकिन्छ । साथै, दुईवटा डिभाइससँग एकैचोटि कनेक्ट हुने सुविधा भएकाले सजिलै स्विच गर्न मिल्छ । पानी र धुलो प्रतिरोधः यी बड्स पानीका छिटा र धुलोबाट सुरक्षित छन् । त्यसैले यात्रा, दैनिक आवागमन वा व्यायाम गर्ने समयमा पनि प्रयोग गर्न उपयुक्त छन् ।

रेडमी बड्स ८ एक्टिभ कालो र सेतो दुई रंगमा उपलब्ध छ । यसको मूल्य रु. ४ हजार ४९९ रहेको कम्पनीले जनाएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.