शुक्रबार, बैशाख ११,२०८३ 03:28:19
Bizshala
  • शुक्रबार, बैशाख ११,२०८३ 03:28:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बीमा कम्पनीको स्थिर सम्पत्ति खरिदबिक्रीमा कडा नियम, घरजग्गा कारोबारमा के छ प्रावधान ?

Bizshala
बीमा कम्पनीको स्थिर सम्पत्ति खरिदबिक्रीमा कडा नियम, घरजग्गा कारोबारमा के छ प्रावधान ?
Shivam Cement

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमकको स्थिर सम्पत्ति खरिद तथा बिक्री सम्बन्धी निर्देशिका, २०८२ जारी गरेको छ ।  

प्राधिकरणले बीमकको स्थिर सम्पत्ति खरिद, निर्माण तथा बिक्री प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र मितव्यवयी र प्रविधिमैत्री बनाउनुका साथै संस्थागत सुशासनस कायम गर्न वाञ्छनीय भएकाले यसअघिको सम्बन्धित निर्देशिका खारेज गरी यो निर्देशिका जारी गरेको हो ।  

बीमकले घरजग्गा वा निर्माण गर्नुपूर्व कागजात वा विवरण लिनुपर्नेछ । जसमा प्रस्तावित घर, जग्गा वा घरजग्गाको हालको जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि, निर्माण भइसकेको घरको हकमा निर्माण सम्पन्न प्रमाणपत्र वा निर्माणाधीन घरको हकमा निर्माण पश्चात बीमकलाई घर हस्तान्तरण गर्ने स्व–घोषणा, जग्गाको भौगोलिक अवस्थिति सहित चारकिल्ला प्रमाणित कागजात, घरजग्गा निरीक्षण प्रतिवेदन र स्वतन्त्र आधिकारिक व्यक्ति÷संस्थाबाट प्राप्त घर, जग्गा वा घरजग्गाको मूल्याकंन सम्बन्धी प्रतिवेदन पेश गर्नुपर्नेछ ।  

त्यस्तै, खरिद गर्न लागेको घरजग्गाको चलनचल्तीको मूल्य सम्बन्धमा सम्बन्धित स्थानीय तहको प्राप्त सिफारिस, खरिद गर्न मिल्ने वा नमिल्ने लिगल पर्मिट्स र बीमकको जोखिममा आधारित पूँजी तथा तरलताको अवस्था पर्याप्त हुने सम्बन्धमा तयार गरेको प्रतिवेदन विवरण लिनुपर्नेछ ।  

नयाँ निर्देशिकाको सबैभन्दा नवीन पक्ष डिजिटल रिपोर्टिङ हो। अब बीमकहरुले आफूले खरिद गरेका वा स्वामित्वमा रहेका सबै स्थिर सम्पत्तिहरुको विवरण, पछिल्लो फोटो र जीआईएस लोकेसनसहित प्राधिकरणले तोकेको डिजिटल ड्यासबोर्डमा प्रविष्ट गर्नुपर्नेछ। प्राधिकरणले स्थिर सम्पत्तिको वास्तविक अवस्थिति र अवस्थाबारे प्रत्यक्ष निगरानी गर्ने उद्देश्यले यो व्यवस्था लागू गरेको हो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

त्यस्तै, कार्यालय प्रयोजनबाहेक अन्य (व्यावसायिक) प्रयोजनका लागि घरजग्गा खरिद गर्न कम्पनीहरुको पूर्वसञ्चालन खर्च पूर्ण रुपमा अपलेखन भएको हुनुपर्ने र सर्वसाधारणमा शेयर जारी गरी पहिलो साधारणसभा सम्पन्न भएको हुनुपर्नेछ। यसबाहेक विगत दुई वर्षदेखि निरन्तर खुद मुनाफामा रहेको र सञ्चित नोक्सानी नभएको हुनुपर्ने र न्यूनतम १३० प्रतिशत सोल्भेन्सी मार्जिन कायम भएको हुनुपर्नेछ।

साथै बीमकले आफ्नो नेटवर्थको ३० प्रतिशत सीमाभित्र रहेर मात्र स्थिर सम्पत्ति खरिद गर्न पाउनेछन्। यदि लगानीका लागि किनेको घरजग्गा ५ वर्षसम्म प्रयोगमा नआएमा अनिवार्य रुपमा ‘बिक्री योजना’ प्राधिकरणमा बुझाउनुपर्नेछ। यसका साथै नेटवर्थको १० प्रतिशतभन्दा बढी मूल्यको सम्पत्ति एकै वर्षमा बिक्री गरेमा प्राधिकरणलाई जानकारी दिनुपर्नेछ।

नयाँ निर्देशिकाले बीमा कम्पनीहरुलाई घरजग्गामा जथाभावी लगानी गर्न रोक्ने र भएका सम्पत्तिहरुको पारदर्शी अभिलेख राख्न बाध्य पार्ने देखिन्छ।

१. डिजिटल अभिलेखीकरण र जीआईएस अनिवार्य

नयाँ निर्देशिकाको सबैभन्दा नवीन पक्ष डिजिटल रिपोर्टिङ हो। अब बीमकहरुले आफूले खरिद गरेका वा स्वामित्वमा रहेका सबै स्थिर सम्पत्तिहरुको विवरण, पछिल्लो फोटो र जीआईएस लोकेसनसहित प्राधिकरणले तोकेको डिजिटल ड्यासबोर्डमा प्रविष्ट गर्नुपर्नेछ। प्राधिकरणले स्थिर सम्पत्तिको वास्तविक अवस्थिति र अवस्थाबारे प्रत्यक्ष निगरानी गर्ने उद्देश्यले यो व्यवस्था लागू गरेको हो।

CG Motors
Garima Development Bank
IME remit

४. घरजग्गा खरिदको प्रयोजन तथा शर्तः 

(१) बीमकले देहायको प्रयोजनका लागि घर, जग्गा वा घरजग्गा खरिद वा निर्माण गर्न सक्नेछ:- 
(क) कार्यालय प्रयोजन, 
(ख) व्यावसायिक प्रयोजन, 
(ग) कार्यालय तथा व्यावसायिक प्रयोजन | 
(२) उपदफा (१) बमोजिम खरिद वा निर्माण गर्न चाहने बीमकले देहायको शर्तको पालना गर्नु पर्नेछः- 
(क) बीमकको सम्पूर्ण पूर्व सञ्चालन खर्च (Pre Operating Expenses) अपलेखन भइसकेको हुनु पर्ने, 
(ख) बीमकको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भए बमोजिमको सेयर सर्वसाधारणमा जारी गरी सकेपछिको पहिलो साधारण सभा सम्पन्न भएको हुनु पर्ने, 
(ग) विगत दुई वर्षदेखि निरन्तर खुद मुनाफामा सञ्चालन भएको र सञ्चित नोक्सानीमा नरहेको हुनु पर्ने, 
(घ) प्राधिकरणले तोकेको न्यूनतम सल्भेसी मार्जिन (१३० प्रतिशत) कायम 
भएको हुनु पर्ने । 
(३) उपदफा (२) मा जुनसुकै कुरा उल्लेख भए तापनि कार्यालय प्रयोजनको लागि मात्र घर, जग्गा, वा घरजग्गा खरिद वा निर्माण गर्न यस उपदफा बमोजिमका शर्त लागु हुने छैन ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.