शनिबार, असार १४,२०८२ 05:41:00
  • शनिबार, असार १४,२०८२ 05:41:00
Global IME Bank Limited

६ महिनामा नेपालको व्यापार घाटा करिब ७ खर्ब, सबैभन्दा बढी भारत र चीनसँग

Hyundai Nepal
६ महिनामा नेपालको व्यापार घाटा करिब ७ खर्ब, सबैभन्दा बढी भारत र चीनसँग
Nabil Bank Limited

काठमाण्डौ । चालू आर्थिक वर्ष २०८०/ ०८१ को पहिलो ६ महिनामा नेपालको व्यापार घाटा ६ खर्ब ९३ अर्ब भएको छ । 

भन्सार विभागको तथ्यांक अनुसार उक्त अवधिमा नेपालले व्यापार गर्ने मुलुकमध्ये १२८वटा मुलुकसँग घाटा बेहोरिरहेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

जसमा  सबैभन्दा बढी व्यापार घाटा छिमेकी मुलुक भारत र चीनसँग छ ।

उक्त अवधिमा भारतबाट ४ खर्ब ७४ अर्ब ८९ करोडको आयात हुँदा ५० अर्ब ४४ करोडको निर्यात भएको छ । अर्थात् उक्त अवधिमा भारतसँग ४ खर्ब २४ अर्ब ४४ करोड रुपैयाँ घाटा भएको छ ।

दोस्रोमा चीनसँग धेरै घाटा छ । उक्त अवधिमा चीनसँग भने १ खर्ब ४५ अर्ब ७९ करोड घाटा छ । १ खर्ब ४७ अर्ब ३९ करोड रुपैयाँको आयात हुँदा १ अर्ब ६० करोडको मात्रै निर्यात भएको छ । 

भन्सार विभागका अनुसार नेपालले १५५ मुलुकसँग द्विपक्षीय व्यापार गर्छ । यसमध्ये १२८ मुलुकसँगको व्यापार घाटा र २७ मुलुकसँगको व्यापार नाफामा छ ।  आयात–निर्यात व्यापारमा चाहिं सबैभन्दा अगाडि भारत नै छ । 

विभागबाट प्राप्त तथ्यांक अनुसार यूएईसँग १२ अर्ब २६ करोड घाटा छ । युक्रेनसँग ९ अर्ब ९६ करोड, मलेशियासँग ८ अर्ब ६० करोड, अस्ट्रेलियासँग ६ अर्ब ८३ करोड र इन्डोनेशियासँग ६ अर्ब ३१ करोड रुपैयाँ व्यापार घाटा छ ।

उता सार्कमुलुकमध्ये बंगलादेशसँग भने २ अर्ब ३ करोड घाटा छ । भुटानसँग ३५ करोड घाटा छ  । त्यसो त माल्दिभ्स र अफगानिस्तानसँगको व्यापार भने नाफामा छ । 

माल्दिभ्ससँग २ करोड ३५ लाख नाफाको व्यापार भएको  छ। यसैगरी, उक्त अवधिमा ८ खर्ब ४३ अर्ब १३ करोडको वैदेशिक व्यापार भएको छ । यसमध्ये ७ खर्ब ६८ अर्ब १६ करोडको आयात र ७४ अर्ब ९६ करोडको निर्यात भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.