बुधबार, श्रावण ६,२०८३ 07:21:35
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 07:21:35
Bizshala
Global IME Bank Limited

एनआइएमबीका सीइओ ज्योतिप्रकाश पाण्डे पक्राउपछि नेपाल बैंकर्स संघले बोलायो आकस्मिक बैठक

एनआइएमबीका सीइओ ज्योतिप्रकाश पाण्डे पक्राउपछि नेपाल बैंकर्स संघले बोलायो आकस्मिक बैठक
New Office

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे प्रक्राउ परेपछि बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आकस्मिक बैठक बोलाएको छ ।  

लिलामीबाट ऋण असुली गर्दा ‘ठगी तथा आपराधिक विश्वासघात गरेको’ भन्दै पाण्डे बुधबार पक्राउ परेका हुन् ।  

पाण्डे पक्राउ परेपछि बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले नेपाल राष्ट्र बैंकका गभर्नर तथा अन्य वरिष्ठ अधिकारीहरूसँग परामर्श गरेका थिए । त्यसलगत्तै उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख मनोज केसीसँग पनि भेटवार्ता गरेका हुन् ।

सीआईबी प्रमुखसँगको भेटपछि कोइरालाले बिहीबार बिहानै २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र प्रतिनिधिहरूको आकस्मिक बैठक बोलाएका छन् ।

सीआईबीले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी गरेर बैंकले ऋण असुल गरेको विषयलाई लिएर पाण्डेलाई बुधबार राति करिब ८ बजे नियन्त्रणमा लिएको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.