बिहीबार, बैशाख ३१,२०८३ 06:36:09
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 06:36:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलनमा, देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन—पत्र बुझाउँदै आधा घण्टा धर्ना

Laxmi Sunrise Bank Limited
नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलनमा, देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन—पत्र बुझाउँदै आधा घण्टा धर्ना
Shivam Cement

काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलनमा उत्रिएको छ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धन, निर्माण सामग्रीहरू, ढुवानी तथा श्रमीक लागतमा पटक–पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिको समस्या समस्या सम्बोधन गर्न सरकार तयार नभएपछि नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलित भएको हो ।

महासंघले तय गरेको पूर्व निर्धारित शान्तिपूर्ण विरोधको कार्यक्रम अनुसार विहिवार केन्द्रमा एशोसिएट सदस्य समन्वय समितिको तर्फबाट सडक विभाग र उर्जा, जलस्रोत तथा सिंचाई विभागका महानिर्देशकहरूलाई ज्ञापन पत्र बुझाइ ती विभागहरूमा आधा घण्टा धर्ना दिइएको छ ।

Bizshala
New Office
CG Motors

एशोसिएट सदस्य समन्वय समितिका संयोजक नवराज श्रेष्ठले महानिर्देशकद्धयलाई ज्ञापन पत्र बुझाउँदै मूल्यवृद्धिको कारण निर्माण उद्योगमा देखिएको विकराल अवस्था बारे अवगत गराए । 

यसैबीच महासंघमा आबद्ध ७७ वटै जिल्ला निर्माण व्यवसायी संघले बिहिबार नै प्रमुख जिल्ला अधिकारी समक्ष जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइ शान्तिपूर्ण तवरमा आधा घण्टा धर्ना दिएका छन् ।

मूल्यवृद्धिका कारण अब उप्रान्त निर्माण कार्य बन्द हुने परिस्थितिका विषयमा अवगत गराउँदै ज्ञापन पत्र दिइ देशभरका जिल्ला प्रशासन कार्यालयमा आधा घण्टा धर्ना दिइएको महासंघका महासचिव शिवहरि घिमिरेले जानकारी दिए ।

Garima Development Bank
Shivam Cement
IME remit

महासचिव घिमिरेका अनुसार जिल्ला संघहरूले शुक्रवार र आगामी सोमवार जिल्लास्थित पूर्वाधार विकास कार्यालय, डिभिजन सडक कार्यालय, शहरी विकास तथा भवन र सिंचाई कार्यालयहरूमा ज्ञापनपत्र बुझाइ आधा घण्टा धर्ना दिनेछन् ।

विरोधकै कार्यक्रम अन्र्तगत सात प्रदेश निर्माण व्यवसायी महासंघले शुक्रवार मुख्यमन्त्रीज्यूलाई ज्ञापन पत्र बु्झाउँदै मुख्यमन्त्री कार्यालयमा आधा घण्टा धर्ना दिने महासंघका नीतिगत उपमहासचिव एवं प्रवक्ता मंगलबहादुर शाहीले बताए ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.