काठमाण्डौ । नेपाल सरकारले भिजिट तथा पर्यटक भिषामा विदेश यात्रामा जाँदा आवश्यक पर्ने कागजातहरुबारे नयाँ कार्यविधि जारी गरेको छ ।
भिजिट भिषा तथा पर्यटक भिषाको दुरुपयोग र ठगिने क्रम वृद्धि भएसँगै सरकारले भिजिट तथा पर्यटक भिषामा विदेश यात्रामा जाँदा आवश्यक पर्ने कागजातहरुबारे नयाँ कार्यविधि जारी गरेको हो ।
माघ १० गतेदेखि लागू हुने गरी अध्यागमन विभागले भिजिट भिषा र पर्यटक भिषामा विदेश यात्रा गर्दा ६ वटा कागजात अनिवार्य गरेको छ ।
भिजिट तथा पर्यटक भिषामा विदेश यात्रामा आवश्यक पर्ने कागजातहरु निम्नानुसार छन्ः
–कम्तीमा ६ महिनाको वैध राहदानी,
–सम्बन्धि देशको प्रवेषाज्ञा वा अनअराइभल प्राप्त हुने मुलुक भए प्रवेषाज्ञा नचाहिने,
–दुईतर्फी हवाई टिकट,
–भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीनपुस्ता भित्रको नाता खुल्ने नागरिकताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र,
–भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैर सरकारी संस्थाको निमन्त्रण पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलरबराबरको नगद सटही भएको प्रमाण(नगद÷वा डेबिट क्रेडिट कार्ड),
–संयुक्त अरब इमिरेट्स,वहराइन,कुवेत,कतार,ओमन र साउदी अरेबियामा भिजिट भिषामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वःघोषणा गर्नुपर्नेछ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                