सोमबार, असार १५,२०८३ 07:41:39
Bizshala
  • सोमबार, असार १५,२०८३ 07:41:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुपर कृषक मोबाइल एप अब एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताका लागि उपलब्ध

Laxmi Sunrise Bank Limited
सुपर कृषक मोबाइल एप अब एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताका लागि उपलब्ध

काठमाडौं। नेपालका कृषकलाई कृषि ज्ञान, सूचना र डिजिटल परामर्श सेवा सहज रूपमा उपलब्ध गराउँदै आएको सुपर कृषक मोबाइल एप अब आईफोन प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको छ। एपको आईओएस संस्करण सार्वजनिक भएसँगै अब प्रयोगकर्ताले एप स्टोरबाट ‘सुपर कृषक’ खोजेर डाउनलोड गर्न सकिन्छ।

विगत तीन वर्षदेखि डिजिटल कृषि सेवामा सक्रिय सुपर कृषकले हालसम्म ४० हजारभन्दा बढी कृषक, कृषि उद्यमी र कृषि क्षेत्रमा रुचि राख्ने प्रयोगकर्तासम्म आफ्नो सेवा पुर्याईसकेको जनाएको छ। यसअघि एन्ड्रोइड प्रयोगकर्तामाझ उपलब्ध रहेको एप अब आईओएसमा पनि विस्तार भएपछि कृषि सूचना तथा परामर्श सेवाको पहुँच अझ फराकिलो हुने अपेक्षा गरिएको छ।

New Office
CG Motors
Garima Development Bank

सुपर कृषकका अनुसार प्रयोगकर्ताबाट प्राप्त सुझाव, कृषक समुदायको माग र सबै प्रकारका स्मार्टफोन प्रयोगकर्तासम्म डिजिटल कृषि सेवा पुर्याउने उद्देश्यले  संस्करण सार्वजनिक गरिएको हो।

सुपर कृषक केवल मोबाइल एप मात्र नभई कृषकको दैनिक कृषि निर्णयमा सहयोग गर्ने डिजिटल कृषि साथीका रूपमा विकास गरिएको प्लेटफर्म हो। एपमार्फत कृषकले कृषि तालिम सामग्री, एआईमा आधारित बाली रोग तथा कीरा पहिचान सेवा ‘कृषि डाक्टर’, व्यक्तिगत कृषि परामर्श, मौसम पूर्वानुमान, बजार मूल्यलगायतका सेवा प्राप्त गर्न सक्नुहुनेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एन्ड्रोइड र आईफोन दुवैमा उपलब्ध भएपछि अब कृषकले प्रयोग गर्ने मोबाइलको प्रकारले डिजिटल कृषि सेवामा पहुँच सीमित नहुने कम्पनीको भनाइ छ। यसले देशका विभिन्न भूभागमा रहेका कृषकलाई आधुनिक कृषि प्रविधि, समयमै सूचना र व्यवहारिक परामर्शसँग जोड्न सहयोग पुर्याउने विश्वास लिइएको छ।

सुपर कृषकले हरेक कृषकसम्म कृषि ज्ञान पुर्‍याउने, हरेक खेतसम्म प्रविधि पुर्‍याउने र कृषकलाई अझ सक्षम बनाउने आफ्नो प्रतिबद्धता आईओएस विस्तारसँगै थप सशक्त भएको जनाएको छ।

अब सुपर कृषक एप गुगल प्ले स्टोर र एप्पल एप स्टोर दुवैमा उपलब्ध छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.