काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)का ५ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको कुल ८२ हजार ९६५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन्।
बैंकका ती संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर आंशिक वा पूर्ण रूपमा बिक्री गर्न आवश्यक स्वीकृतिका लागि बैंकमा निवेदन दिएका हुन्।
संस्थापक समूहको सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार बैंकले आफ्ना विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर खरिदको अवसर खुला गरेको हो।
बैंकका विद्यमान संस्थापक सेयरधनीले उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक भए सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या तथा रकम खुलाएर आवेदन दिनुपर्नेछ।
इच्छुक संस्थापक सेयरधनीले बैंकको सेयर रजिष्ट्रारको कार्यालय, आईटी प्लाजा, कमलादी, काठमाडौंमा निवेदन दिन सक्ने बैंकले जनाएको छ।
निर्धारित ३५ दिनभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभए प्रचलित नियमअनुसार उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।