बिहीबार, बैशाख ३,२०८३ 07:16:59
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 07:16:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फेडेरल र निर्मा बीच समझदारी,बीमा,जोखिम व्यवस्थापन तथा सामाजिक सुरक्षाको क्षेत्रमा क्षमता अभिवृद्धि गरिने

Bizshala
फेडेरल र निर्मा बीच समझदारी,बीमा,जोखिम व्यवस्थापन तथा सामाजिक सुरक्षाको क्षेत्रमा क्षमता अभिवृद्धि गरिने
Shivam Cement

काठमाण्डौ । फेडेरल रि इन्स्योरेन्स ब्रोकर्स लिमिटेड र नेपाल ईन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोसिएसन (निर्मा) बीच रणनितिक समझदारी भएको छ ।  

फेडेरल रि इन्स्योरेन्स ब्रोकर्स र निर्मा बीच बीमा, जोखिम व्यवस्थापन तथा सामाजिक सुरक्षाको क्षेत्रमा क्षमता अभिवृद्धि, खोज तथा अनुसन्धान साथै जागरण कार्यक्रमहरुको लागि दीर्घकालीन सहकार्य गर्ने सम्बन्धी रणनितिक समझदारी माघ ०९ गते फेडेरलको कार्यालय काठमाण्डौंमा सम्पन्न भएको हो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सो सम्झौतापत्रमा फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सको तर्फबाट प्रबन्ध निर्देशक सुवर्ण पौडेल तथा नेपाल ईन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोसिएसन को तर्फबाट अध्यक्ष डा. रविन्द्र घिमिरेले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा दुवै संस्थाको उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो ।  

फेडेरल पब्लिक लिमिटेडको रुपमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट इजाजत पत्र प्राप्त पुनर्बीमा दलाल कम्पनी हो । यसले स्थापनाको छाटो समयमै बेलायतबाट प्रतिष्ठीत गुणस्तर चिन्ह ISO 9001:2015 र Indian Chamber of Commerce बाट “Broker of the Year 2023 (Nepal)” को उपाधी हासिल गरेको छ । त्यस्तै बीमा, जोखिम व्यवस्थापन र सामाजिक सुरक्षाको क्षेत्रमा कार्यरत पेशाकर्मी, प्राज्ञ, विज्ञ र अनुसन्धानकर्ताहरुको साझा मञ्चको आवश्यकतालाई अनुभूति गर्दै स्थापना गरिएको निर्माको मुख्य उद्देश्य जनचेतना अभिवृद्धि तालिम, शिक्षा, अनुसन्धान र प्रकाशन मार्फत बीमा उद्योगको प्रर्वद्धन गर्नु हो ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.