आईतवार, असार १४,२०८३ 03:39:23
Bizshala
  • आईतवार, असार १४,२०८३ 03:39:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विश्व दूध दिवस–२०८३ विभिन्न कार्यक्रम गरी मनाइने

Laxmi Sunrise Bank Limited
विश्व दूध दिवस–२०८३ विभिन्न कार्यक्रम गरी मनाइने

काठमाण्डौ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा ‘दुग्ध क्षेत्रको दिगो विकास, पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार’ भन्ने नारासहित विश्व दूध दिवस–२०८३ विभिन्न कार्यक्रम गरी मनाइने भएको छ। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले सन् २००१ देखि प्रत्येक वर्ष जुन १ मा मनाउँदै आएको विश्व दूध दिवस नेपालमा सन् २०११ देखि मनाउन थालिएको हो। यस वर्ष २६औँ अन्तर्राष्ट्रिय विश्व दूध दिवस देशभर सप्ताहव्यापी कार्यक्रमसहित मनाइने बोर्डले जनाएको छ।

बोर्डका अनुसार केन्द्रिय स्तरमा पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेड, नेपाल डेरी एशोसिएशन, डेरी उद्योग संघ, केन्द्रिय पशुपन्छी तथा मत्स्य सहकारी संघ लिमिटेड तथा नेपाल डेरी साइन्स एशोसिएशनको सहभागितामा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रमअन्तर्गत बालबालिका तथा वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई दूध तथा दुग्ध पदार्थ वितरण, विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, दुग्धपान कार्यक्रम, उपभोक्ता सचेतना अभियान, गोष्ठी तथा दुग्ध क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिनेछ।

जेठ १८ गते काठमजाण्डौमा आयोजना हुने मूल समारोहमा कृषि, वन तथा वातावरण मन्त्री माननीय गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश दुग्ध विकास बोर्ड, पशु सेवा विज्ञ केन्द्र, जिल्ला दुग्ध उत्पादक सहकारी संघ तथा डेरी उद्योगहरूले पनि विभिन्न कार्यक्रम आयोजना गर्ने भएका छन्।

New Office
CG Motors
Garima Development Bank

राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार नेपालमा दुग्ध क्षेत्र ग्रामीण अर्थतन्त्र, रोजगारी, पोषण तथा खाद्य सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण कृषि उपक्षेत्र हो। हाल करिब ३ लाख ८० हजार परिवार प्रत्यक्ष रूपमा दुग्ध व्यवसायमा संलग्न रहेका छन्। आर्थिक वर्ष २०८१÷८२ मा नेपालमा कुल २७ लाख १८ हजार १७७ मेट्रिक टन दूध उत्पादन भएको तथ्यांक सार्वजनिक गरिएको छ।

बोर्डले दूधलाई पूर्ण पोषणयुक्त खाद्य पदार्थका रूपमा उल्लेख गर्दै बाल पोषण, रोग प्रतिरोधात्मक क्षमता वृद्धि, हड्डी मजबुती तथा समग्र स्वास्थ्य सुधारमा दूधको महत्वपूर्ण भूमिका रहेको जनाएको छ। विद्यालयस्तरमा सञ्चालन गरिएका ‘स्कूल मिल्क कार्यक्रम’ ले बालबालिकाको पोषण अवस्था तथा विद्यालय उपस्थितिमा सकारात्मक प्रभाव पारेको समेत उल्लेख गरिएको छ।

त्यस्तै, दुग्ध क्षेत्रले ग्रामीण क्षेत्रमा दैनिक नगद आम्दानीको भरपर्दो स्रोतका रूपमा काम गर्दै आएको बोर्डको भनाइ छ। देशभर सञ्चालनमा रहेका डेरी उद्योग, चिलिङ सेन्टर, दाना उद्योग, पशु औषधि उद्योग तथा ढुवानी व्यवसाय समेत दुग्ध क्षेत्रसँग प्रत्यक्ष रूपमा आबद्ध रहेका छन्।

बोर्डका अनुसार नेपालमा हाल ९ वटा धूलो दूध उद्योग सञ्चालनमा रहेका छन्। ती उद्योगहरूले वर्ष २०८२ मा करिब ४ करोड ९७ लाख लिटर दूध प्रशोधन गरी ४ हजार १५० मेट्रिक टन धूलो दूध उत्पादन गरेका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

दूध तथा दुग्ध पदार्थको आयात–निर्यातमा पनि पछिल्ला वर्षहरूमा उल्लेख्य सुधार देखिएको बोर्डले जनाएको छ। पछिल्ला चार वर्षको तुलनात्मक विश्लेषणअनुसार दुग्ध पदार्थको निर्यात करिब ७१ प्रतिशतले वृद्धि भएको उल्लेख गरिएको छ।

राष्ट्रिय दुग्ध विकास बोर्डले विश्व दूध दिवसको अवसरमा सबै उपभोक्तालाई नियमित दूध सेवन गर्न तथा दुग्ध क्षेत्रको विकासमा सहयोग पुर्याउन आग्रह गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.