शुक्रबार, श्रावण १,२०८३ 11:35:09
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 11:35:09
Bizshala
Global IME Bank Limited

ओपन एआईद्वारा जापानका बैंकहरुलाई नयाँ मोडल प्रयोग गर्न अनुमति, साइबर आक्रमणविरुद्ध टेवा पुग्ने विश्वास

ओपन एआईद्वारा जापानका बैंकहरुलाई नयाँ मोडल प्रयोग गर्न अनुमति, साइबर आक्रमणविरुद्ध टेवा पुग्ने विश्वास
New Office

काठमाण्डौ । जापानका केही वित्तीय संस्थालाई अमेरिकी दिग्गज एआई कम्पनी ओपन एआईको जीपीटी–५.५ मोडल प्रयोग गर्ने अनुमति दिइएको छ । जापानका अर्थमन्त्री सात्सुकी कातायामाले साइबर आक्रमणबाट बच्न केही सीमित कम्पनीलाई ओपन एआईको जीपीटी–५.५ मोडलमा पहुँच दिइएको बताएका हुन् ।

‘यो एकदमै स्वागतयोग्य कदम हो र यसले साइबर आक्रमणविरुद्ध लड्न जापानका वित्तीय संस्थाहरुलाई सक्षम बनाउँनेछ,’ कातायामाले टोकियोमा ओपन एआईका रणनीति अफिसर ज्यासोन कोनसँगको भेटघाटका क्रममा भने ।

कातायामाले अनुमति दिइएको वित्तीय संस्थाको बारेमा भने केही पनि खुलाएनन् । 

जापानको समाचार संस्था निक्की न्यूजपेपरले भने बिहिबार जापानका ठूला बैंकहरु–एमयुएफजी बैंक, सुमितोमो मित्सुई कर्प र मिजुओ बैंकलाई ओपन एआईको लेटेस्ट मोडल प्रयोगमा पहुँच दिइने जनाएको थियो ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.