मंगलवार, श्रावण १९,२०८३ 08:01:26
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 08:01:26
Bizshala
Global IME Bank Limited

नयाँ सरकारपछि अमेरिकी कूटनीतिक सक्रियता बढ्यो, उपविदेशमन्त्री रोजर्स काठमाडौंमा

नयाँ सरकारपछि अमेरिकी कूटनीतिक सक्रियता बढ्यो, उपविदेशमन्त्री रोजर्स काठमाडौंमा
New Office

काठमाण्डौं । नेपालमा नयाँ राजनीतिक समीकरण बनेपछि अमेरिकाको उच्चस्तरीय कूटनीतिक सक्रियता बढेको संकेत देखिएको छ ।  

अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीति हेर्ने उपविदेशमन्त्री सारा बी रोजर्स नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी छन् ।

रोजर्स शनिबार राति भारतको नयाँदिल्ली हुँदै काठमाडौं आइपुगेकी हुन् ।  

बालेन्द्र शाह नेतृत्वको रास्वपा सरकार गठनपछि नेपाल भ्रमण गर्ने उनी हालसम्मकै उच्च तहकी अमेरिकी कूटनीतिक अधिकारी हुन् ।

यसअघि दक्षिण तथा मध्यएसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्यएसिया विशेषदूत सर्जियो गोरले नेपाल भ्रमण गरेका थिए ।  

पछिल्ला यी भ्रमणहरूलाई नेपालप्रति अमेरिकी कूटनीतिक चासो बढेको संकेतका रूपमा हेरिएको छ ।

काठमाडौं भ्रमणका क्रममा उपविदेशमन्त्री रोजर्सले नेपाल सरकारका उच्च अधिकारी, राजनीतिक दलका नेता तथा कूटनीतिक क्षेत्रका प्रतिनिधिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

 

नेपालस्थित अमेरिकी दूतावासले उनको सम्मानमा आइतबार ‘द एसेन्ट समिट’ नामक विशेष कार्यक्रम आयोजना गर्दैछ ।  

उक्त कार्यक्रममा रोजर्स प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ ।

सार्वजनिक कूटनीति हेर्ने जिम्मेवारीमा रहेकी रोजर्सको भ्रमणलाई दुई देशबीचको जनस्तरीय सम्बन्ध, शिक्षा, सूचना आदानप्रदान, लोकतान्त्रिक अभ्यास तथा साझेदारी विस्तारसँग जोडेर हेरिएको छ ।

पछिल्लो समय दक्षिण एसियामा भू–राजनीतिक प्रतिस्पर्धा बढिरहेका बेला नेपालमा अमेरिकी उच्च अधिकारीहरूको बाक्लिएको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।  

नयाँ सरकार गठनपछि अन्तर्राष्ट्रिय साझेदारहरूले नेपालको राजनीतिक दिशा, आर्थिक प्राथमिकता र विदेश नीतिप्रति चासो राख्दै आएका छन् ।

अमेरिकी पक्षले भने यस्ता भ्रमणलाई दुई देशबीचको दीर्घकालीन सम्बन्ध मजबुत बनाउने नियमित कूटनीतिक संवादको हिस्सा भएको बताउँदै आएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.