शनिबार, फाल्गुन १०,२०८१ 09:23:55
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:23:55
IME remit
Global IME Bank Limited

एक महिनादेखि घटेको बजारले आगामी साताबाट यूटर्न लिनसक्ने, यस्ता छन् प्राविधिक आधार

Hyundai Nepal
एक महिनादेखि घटेको बजारले आगामी साताबाट यूटर्न लिनसक्ने, यस्ता छन् प्राविधिक आधार
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । चार दिनमा बजार ४ दिन नै घट्यो । अघिल्लो साता २०२५.७० मा बन्द भएको बजार यो साता १९७२.१४ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता दोस्रो बजारमा ५३.५६ अंकले गिरावट आयो । यो साता दोस्रो बजारमा १०.०५ अर्बको सेयर कारोबार भयो । अघिल्लो साता सेयरबजारमा ११.८८ अर्ब रुपैयाँबराबरको कारोबार भएको थियो. । यसरी यो साता नेप्से परिसूचक घट्दा कारोबारमा पनि गिरावट आयो । यो साता बजार पूँजीकरण ३१ खर्ब २७ अर्ब रुपैयाँ कायम भयो अघिल्लो साता बजार पूँजीकरण ३२ खर्ब १२ अर्ब थियो । यो साता नेप्से परिसूचकमा गिरावट आँउदा बजार पूँजीकरणपनि  ८५ अर्बले घट्यो ।  

प्राविधिक पक्षः  

इलिअट वेभ

माथि लाग्ने ५ वेभमा पनि ३ वटा बढोत्तरीका र २ वटा सुधारका संकेत देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ‘ए’, ‘बी’, ‘सी’ले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

हामीले अघिल्लो साताको विश्लेषणमा भने जस्तै बजारलाई लगानीकर्ताको मनोविज्ञान, बजारले बनाएको चक्र, कारोबार र कारोबार रकम समेतको आधारमा हेर्दा ‘सी’ वेभ भित्रको एक १,२,३,४ र ५ चलेको देखिन्छ । जसमा अघिल्लो  सात वेभ ४ मा बढोत्तरी आयो । यो साता वेभ ५ ले बजार २ हजार तल अर्थात १९७५ सम्म आएको छ  । जसलाई वेभ १ बराबर वेभ ५ हुन्छ भन्ने इलिअट वेभको सिद्धान्तले पनि पुष्टि गर्छ ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

त्यसै गरि बजारलाई अन्य इन्डिकेटरबाट हेर्दा बोलिङगर ब्याण्ड र आरएसआईले थप पुष्टि गरेको देखन्छि । अघिल्लो साता आरएसआई ५० को तहमा प्रतिरोध गरेर तल खसेको थियो । तर यो साता यस्तो विन्दु ३५ को तहमा आएको छ । प्रायः घट्दो बजारमा यस्तो विन्दु ओभरसोल्ड जोन ३० भन्दा तल पुगे पछि मात्रै बजारको करेक्सन सकिन्छ । मनीफ्लो इन्डेक्सबाट हेर्दा पनि बजार हाल २० को तहमा आएको छ । प्रायः बजार यही तह वा केही तल आएर फर्कन सक्छ । यस हिसाबले हेर्दा बजार करिबकरिब रिर्भसलको नजिक आएको देखिन्छ । तर यो साताकै बजारले त्यस्तो संकेत तथा कन्फरमेसन भने दिइ सकेको अवस्था होइन । त्यसैले आगामी साताको एकदुई कारोबार पछि बजारको अवस्था सुनिश्चित हुनेछ ।  

बोलिङगर ब्याण्ड र आरएसआई

बोलिङगर ब्याण्डबाट हालको बजारलाई नियाल्दा केही समय पहिले माथिल्लो ब्याण्डबाट खसेको बजार अघिल्लो साता मध्य ब्याण्ड भन्दा पनि तल आएको छ । यो साता तल्लो ब्याण्डमा छोएको छ । म्याक्डीमार्फत नियाल्दा केही सयम पहिले बनेको वियरिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम नेगेटिभ र लामालामा नै रहेका छन् ।  आरएसआई हाल ओभर सोल्ड जोन ३० नजिक आएको छ । मनी फ्लो इन्डेक्स पनि ओभर सोल्ड जोन २० नजिक आएको छ ।  

पिभट् विश्लेषण  

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिने विधि हो ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२०९४

प्रतिरोध २ –२०७०

प्रतिरोध १– २०२७

पिभट प्वइन्टः २०२४

घटेमा सपोर्ट  

सपोर्ट १– २००१

सपोर्ट २– १९७७

सपोर्ट  ३ –१९५५

निष्कर्षः यो साता दोस्रो बजारमा ४ दिनमात्रै सेयर कारोबार भयो । जसमा बजार ५३.५६ अंकले घटेर बन्द भयो । अघिल्लो साता भने बजार २१.६५ अंकले बढेर बन्द भएको थियो । हामीले गत साताको विश्लेषणमा भने जस्तै यो साता बजार इलिअट वेभको मिनेट डिग्रीको वेभ ५ चलेको देखिन्छ । आरएसआई र मनीफ्लो इन्डेक्स जस्ता इन्डिकेटरबाट नियाल्दा बजार ओभर सोल्ड जोन नजिक आएको देखिन्छ । बजारको विगतको  अवस्थालाई समेत हेर्दा ओभर सोल्ड जोनमा पुगे पछि रिर्भसल हुने गर्छ । तर अहिले नै निश्चित भईसकेको भने छैन । यस कारण आगामी साता पनि एक–दुई कारोबारमा बजारमा करेक्सन आउन सक्छ ।

विभिन्न इन्डिकेटर र इलिअट वेभ मार्फत आगामी साताको बजारको प्रक्षेपण गर्नु पर्दा यदि आगामी साता देशको राजनीतिक , आर्थिक अवस्था र अन्तराष्ट्रिय परिस्थितिमा कुनै बदलाब नआएमा बजारले पिभट् प्वइन्टको तेस्रो सपोर्ट १९५० देखि १९६० को विन्दुबाट बलियो सपोर्ट लिएर करिब एक महिनाभन्दा बढी घटेको बजारले युर्टन लिनु पर्ने छ । जसलाई फिवोनसीको ०.६१ प्रतिशतको सिद्धान्त तथा ट्रेन्डलाईनले पनि थप पुष्टि गर्छ । यदि बजार यहाँबाट पनि तल जान्छ भने त्यो ट्रेन्डलाईनलाई ब्रेक डाउन गरेको र डाउ थेउरीमा नयाँ लोवर लो बन्ने छ । तर त्यो सम्भावना भने हाल बजारमा निकै कम छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.