आईतवार, श्रावण ३१,२०८३ 09:35:25
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 09:35:25
Bizshala
Global IME Bank Limited

मूल्यवृद्धि र विटुमिन अभावले निर्माण क्षेत्र थलियो, ‘कन्स्ट्रक्सन होलिडे’ मा जान बाध्य

Prabhu Bank Limited
मूल्यवृद्धि र विटुमिन अभावले निर्माण क्षेत्र थलियो, ‘कन्स्ट्रक्सन होलिडे’ मा जान बाध्य
New Office

-रविन ठकुरी 

 

काठमाण्डौ । मध्य पूर्वमा चर्किएको द्वन्दका कारण पेट्रोलियम पदार्थमा भएको अत्याधिक मूल्यवृद्धिले यतिबेला निर्माण क्षेत्र थलिएको छ । अन्तर्राष्ट्रियस्तरमा सृजना भएको असहज परिस्थितिको कारण पेट्रोलियम पदार्थमा ६५ प्रतिशत, निर्माण क्षेत्रमा प्रयोग हुने विटुमिनमा १२० प्रतिशत र सिमेन्ट, डण्डीमा २५ देखि ४० प्रतिशतसम्मको मूल्यबृद्धिले निर्माण क्षेत्र थलिएको हो ।

हाल ६० प्रतिशत निर्माण क्षेत्र ‘कन्स्ट्रक्सन होलिडे’ अर्थात काम रोक्नुपर्ने अवस्थामा पुगेको छ भने ४० प्रतिशतको मात्रै काम अघि बढिरहेको छ । पेट्रोलियम पदार्थमा बढेको मूल्यका कारण उच्च लागतमा निर्माण क्षेत्रले काम गर्नुपर्ने बाध्यता छ ।

मूल्य समायोजन नहुँदा धेरै निर्माण व्यवसायी टाँट पल्टने अवस्थामा पुग्ने जानकारहरुको बुझाई छ । आर्थिक वर्ष २०८३÷८४ को बजेटमा मूल्य समायोजनको विषय स्पष्ट छैन । सार्वजनिक खरिद नियमावलीअनुसार प्रक्रिया पुगेका आयोजनाहरुमा मात्रै मूल्य समायोजनको सम्भावना रहन्छ । त्यसैले सबै आयोजनाले आर्थिक क्षति व्यहोर्न नपरे पनि अन्यको हकमा यो लागू नहुने देखिन्छ ।

मूल्यवृद्धिले थलिँदै निर्माण क्षेत्र

इजरायल र राज्य अमेरिकाले सन् २०२६ फेब्रुअरीको अन्तिम साता इरानका विभिन्न स्थानहरुमा एकैसाथ समन्वयात्मक सैन्य आक्रमण सुरु गरेपछि युद्ध भड्किएको थियो । इरानी सरकार र सर्वोच्च नेताबाट रहेको आसन्न सैन्य तथा आणविक खतरालाई पूर्ण रुपमा समाप्त पार्ने उद्देश्यसहित अमेरिकाले यो व्यापक कारवाही अघि बढाएको हो ।

यस द्वन्दले विश्वव्यापी इन्धन वितरणमा असर पारेको छ । यसले कच्चा तेलको मूल्यमा उच्च उतारचढाव ल्याएको छ । विश्वको करिब २० प्रतिशत तेल ढुवानी हुने हर्मुज जलमार्गमा तनाव र नाकाबन्दीका कारण आपूर्ति श्रृङ्खलामा अवरोध उत्पन्न भएको छ ।

यसैको प्रभावले नेपालमा इन्धनको मूल्य ६५ प्रतिशत र निर्माण क्षेत्रमा प्रयोग हुने विटुमिनमा १२० प्रतिशत मूल्यबृद्धि भएको छ । साथै सिमेन्ट र डण्डीमा २५ देखि ४० प्रतिशतसम्म मूल्यबृद्धि हुन पुग्यो । मूल्यबृद्धिका कारण निर्माण भइरहेका आयोजनाहरुको लागत बढ्न पुगेको छ ।

‘चर्को लागतले ६० प्रतिशत निर्माणका आयोजना सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छन् । उनीहरु ‘कन्स्ट्रक्सन होलिडे’ को अवस्थामा छन् । बाँकी ४० प्रतिशत निर्माण क्षेत्र मात्रै सञ्चालनमा छन् ।’, नेपाल निर्माण व्यवसायी महासंघका सदस्य प्रमोद न्यौपानेले भने ।

हाल नेपालमा ठुला–साना गरि करिब ३२ हजार आयोजना सञ्चालनमा छन् । ती मध्ये ४० प्रतिशत अर्थात १२ देखि १४ हजार आयोजना मात्रै सञ्चालनमा छन् । बाँकी १८ हजार आयोजनाहरु ‘कन्स्ट्रक्सन होलिडे’ अर्थात काम रोकेर बसिरहेका छन् ।

आयोजनाको मूल्य समायोजन नभए धेरै निर्माण व्यवसायी टाँट पल्टने अवस्थामा पुग्ने जानकारहरुको भनाई छ ।    

CG Motors

मूल्यवृद्धि र विटुमिन अभावले ‘कन्स्ट्रक्सन होलिडे’ को अवस्था

हालसम्म पूँजीगत खर्च ३० प्रतिशत हाराहारी मात्रै भएको छ । आर्थिक वर्ष २०८२÷८३ को अन्त्यसम्म आइपुग्दा १ खर्ब २३ अर्ब १० करोड ४७ लाख रुपैयाँ खर्च भएको छ । लक्षित पूँजीगत खर्च भने ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ थियो । चालू आर्थिक वर्ष सकिँदासम्म पूँजीगत खर्च ३६ प्रतिशत हाराहारी हुने अनुमान छ ।

तर इन्धनले गराएको मूल्यबृद्धिले पहिले निर्धारण गरिएको आयोजनाको लागत ३० अर्बले बढेको हो । बजेटमा मूल्य समायोजनले नयाँ लागत निर्धारण नगरे धेरै निर्माण व्यवसायी प्रभावित हुने छन् ।

‘इन्धन र निर्माण सामाग्रीको मूल्यबृद्धिले आयोजनाको लागत बढ्दा करिब ३० अर्बको नोक्सानी पुग्ने देखिन्छ । मूल्य समायोजन नहुँदा धेरै निर्माण व्यवसायी टाँट पल्टन सक्दछन् ।’, महासंघका सदस्य प्रमोद न्यौपानेले भने ।

मूल्य समायोजनको विषयले स्थान नपाउँदा धेरै निर्माण व्यवसायी ‘कन्स्ट्रक्सन होलिडे’ मा जान बाध्य छन् ।

‘निर्माण क्षेत्रमा प्रयोग हुने विटुमिन उपलब्ध नहुँदा पनि निर्माण कार्य रोकिएको छ । फुल फेजमा काम भएन । ६० प्रतिशत काम रोकियो । बाँकी ४० प्रतिशत मात्रै काम भयो ।’, उनले भने ।

इन्धनको मूल्यबृद्धि र विटुमिन जस्ता निर्माण सामाग्री अभावले निर्माण कार्य प्रभावित बन्दा पूँजीगत खर्चमा समेत सुस्तता देखियो । बजेटले समग्र आयोजनाको मूल्य समायोजनमा ध्यान नदिँदा निर्माण व्यवसायी थप प्रताढीत बन्ने भएका हुन् ।

बजेटमा स्पष्ट छैन ‘मूल्य समायोजन’, ल्यायो ‘मिशन मोड’ अवधारणा

आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा निर्माण व्यवसायीको मागबमोजिम सबै प्रकारका ठेक्कामा मूल्य समायोजनको स्पष्ट व्यवस्था गरिएको छैन ।

तर हाल अन्तर्राष्ट्रिय स्तरमा सृजना भएको अप्ठ्यारो परिस्थितिले निर्माण क्षेत्रमा परेको दवावलाई कम गर्न र शिथिल अर्थतन्त्रलाई थोरै भएपनि चलायमान बनाउन केहि राहतका कार्यक्रम र पूर्वाधारमा व्यापक लगानीको घोषणा गरेको छ ।

पेट्रोलियम पदार्थमा ६५ प्रतिशत, विटुमिनमा १२० प्रतिशत र सिमेन्ट, डण्डीमा ४० प्रतिशतसम्मको मूल्यबृद्धि, ढुवानी खर्च र श्रमिकको ज्यालादरमा भएको अस्वभाविक बृद्धिले आयोजनाको लागत बढेको छ । सबै आयोजनाको निर्माणको लागतमा आएको भारी मूल्यबृद्धिलाई सम्बोधन गर्ने विषय बजेटमा आएको छैन ।

अर्थात मूल्यबृद्धिले प्रभाव पारेका सबै आयोजनाको मूल्य समायोजनको विषय बजेटमा स्पष्टसँग आएको छैन । तर सार्वजनिक खरिद नियमावलीअनुसार प्रक्रिया पुगेका आयोजनाहरुमा भने मूल्य समायोजनको सम्भावना रहने छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेटले निर्माण क्षेत्रलाई लयमा फर्काउन र पूँजीगत खर्च बढाउनका लागि सुधारको कार्यक्रम ल्याएको छ । बजेटले ‘मिशन मोड’ को अवधारणा ल्याएको छ ।

खरिद प्रक्रियामा सुधार, रकमान्तर सहित स्रोत व्यवस्थापनमा लचकता, बैकल्पिक वित्त परिचालन र आयोजना प्रमुखको स्थिरता सहित तोकिएको लागत र समयमा आयोजना सम्पन्न गर्न ‘मिशन मोड’ को अवधारणामा काम गराउने भएको हो ।

विकास आयोजना सम्बन्धी सनसेट कानून संसदमा पेश गर्ने भएको छ । मोबिलाइजेशन पेश्कीको रकम सम्बन्धित आयोजनामा मात्र खर्च गर्न पाउने गरी ट्रयाकिङ्ग गर्ने व्यवस्था मिलाउने भएको छ । हाइब्रिड यान्युटी मोडलमा निर्माण गर्न सकिने पूर्वाधार आयोजनाको प्रारम्भिक पाइपलाइन ३ महिनाभित्र तयार गर्ने लागेको हो ।

मध्य पूर्वको द्वन्दबाट इन्धन, बिटुमिन लगायत निर्माण सामाग्रीमा भएको मूल्य बृद्धिबाट निर्माण व्यवसायीलाई परेको कठिनाईको समस्यालाई सम्बोधन गर्ने बजेटमा उल्लेख छ ।

विकास आयोजनासम्बन्धी सनसेट कानून संसदमा पेश गर्ने भएको छ । मोबिलाइजेशन पेश्कीको रकम सम्बन्धित आयोजनामा मात्र खर्च गर्न पाउने गरी ट्रयाकिङ्ग गर्ने व्यवस्था मिलाउने भएको छ । हाइब्रिड यान्युटी मोडलमा निर्माण गर्न सकिने पूर्वाधार आयोजनाको प्रारम्भिक पाइपलाइन ३ महिनाभित्र तयार गर्ने लागेको हो ।

मध्य पूर्वको द्वन्दबाट इन्धन, बिटुमिन लगायत निर्माण सामाग्रीमा भएको मूल्य बृद्धिबाट निर्माण व्यवसायीलाई परेको कठिनाईको समस्यालाई सम्बोधन गर्ने बजेटमा उल्लेख छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.