काठमाण्डौ । देशमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २८६ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागका चैत मसान्तसम्म ९ महिनाको अवधिमा २८६ वटा उद्योग दर्ता भएका हुन् ।
चैत महिनामा मात्रै २८ वटा उद्योग दर्ता भएको उद्योग मन्त्रालयको तथ्यांकले देखाएको छ । ९ महिनाको अवधिमा ३६ वटा ठूला उद्योग, २७ वटा मझौला उद्योग र २२३ वटा साना उद्योग दर्ता भएका छन् ।
तेस्रो त्रैमाससम्म उद्योग क्षेत्रमा १ खर्ब ६५ अर्ब रुपैयाँबराबरको लगानी गर्ने प्रस्ताव आएको छ । जसमध्ये चैतमा मात्रै १० अर्ब ५९ करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ ।
यस अवधिमा ३० अर्ब १० करोड विदेशी लगानी प्रस्तावित भएको छ विभागले जनाएको छ ।