काठमाडौं । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई बोनस सेयर वितरणसँगै शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव अघि सारेको छ। कम्पनीले आगामी कात्तिक १६ गते बुधबार आयोजना हुने दशौँ वार्षिक साधारणसभामा हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेस गर्ने भएको हो।
बोनस सेयरसँगै कम्पनीले कुल पूँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावसमेत साधारणसभामा लैजाने भएको छ। १ः१ अनुपातको हकप्रद प्रस्तावको अर्थ योग्य सेयरधनीले कायम प्रत्येक एक कित्ता सेयरबराबर थप एक कित्ता हकप्रद सेयर खरिद गर्न पाउनेछन्।
कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि हालको चुक्तापूँजीको ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारणसभामा पेस गर्नेछ। साधारणसभामा कम्पनीको साधारण सेयरमा परिणत हुने गरी ऋणपत्र (डिबेञ्चर) जारी गर्ने तथा त्यसबाट प्राप्त रकम उपयोग गर्ने विषयमा पनि छलफल तथा निर्णय हुनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।