आईतवार, कार्तिक १,२०८३ 12:03:06
Bizshala
  • आईतवार, कार्तिक १,२०८३ 12:03:06
Bizshala
Global IME Bank Limited

महानगर यातायातद्वारा थप १६ विद्युतीय बस सञ्चालनमा, चक्रपथमा थाले गुड्न

Bizshala
महानगर यातायातद्वारा थप १६ विद्युतीय बस सञ्चालनमा, चक्रपथमा थाले गुड्न
New Office

काठमाण्डौं । महानगर यातायात प्रा.लि.ले काठमाडौंको चक्रपथ क्षेत्रमा सेवा विस्तार गर्दै थप १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ।  

बुधबारदेखि सञ्चालनमा आएका यी बसहरू ३३ सिट क्षमताका छन् भने उभिएर यात्रा गर्ने यात्रुसहित करिब ७० जनासम्मले एकैपटक यात्रा गर्न सक्नेछन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

शशिला मोटर्स प्रा.लि.द्वारा चीनबाट आयात गरिएका बसहरूमा १४४ किलोवाट क्षमताको ऋब्त्ी ब्याट्री जडान गरिएको छ।  

एक पटक पूर्ण चार्ज गर्दा करिब २०० किलोमिटरसम्म यात्रा गर्न सक्ने यी बसहरूको बजार मूल्य प्रतिगाडी १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको छ।

महानगर यातायातले गत वर्ष पनि १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको थियो।

नयाँ बसहरूको शुभारम्भ कार्यक्रममा कम्पनीका सचिव केशव नेपालले विद्युतीय सवारी भविष्यको आवश्यकता भएको उल्लेख गर्दै सेवा थप विस्तार गर्ने योजना रहेको बताए। 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

उनले प्रारम्भिक लगानी बढी भएपनि विद्युतीय बस व्यवसायिक रूपमा लाभदायक रहेको बताए।

विद्युतीय बसहरूले राम्रो प्रतिफल दिएको र डिजेल बसको तुलनामा सञ्चालन खर्च कम भएकाले आम्दानी पनि उल्लेखनीय रहेको कम्पनीले जनाएको छ ।  

महानगर यातायातले हाल चन्द्रागिरि, थानकोट हुँदै बनेपा र धुलिखेलसम्म सेवा सञ्चालन गर्दै आएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.