आईतवार, असार १४,२०८३ 07:00:38
Bizshala
  • आईतवार, असार १४,२०८३ 07:00:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सरकारको नयाँ निर्णय : यात्रुका लागि भन्सार छुट ५०० रुपैयाँसम्म

Laxmi Sunrise Bank Limited
सरकारको नयाँ निर्णय : यात्रुका लागि भन्सार छुट ५०० रुपैयाँसम्म

काठमाण्डौँ । सरकारले स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने वा बाहिरिने यात्रुका लागि लागू हुने भन्सार छुट सीमा वृद्धि गरेको छ।  

अब यात्रुले साथमा ल्याउने वा लैजाने व्यक्तिगत सामानको अधिकतम मूल्य सीमा १०० रुपैयाँबाट बढाएर ५०० रुपैयाँ कायम गरिएको छ।

New Office
CG Motors
Garima Development Bank

राजपत्रमा प्रकाशित नयाँ सूचनाअनुसार तोकिएको सीमा भित्र पर्ने व्यक्तिगत प्रयोगका वस्तुहरूमा भन्सार कार्यालय प्रमुखले आवश्यक औचित्यका आधारमा महसुल नलिई छुट दिने व्यवस्था गरिएको छ।  

यसअघि निकै न्यून सीमा तोकिएको भन्दै यात्रुहरूले व्यावहारिक कठिनाइ र असुविधा भोग्नुपरेको गुनासो बढेपछि सरकारले नीतिगत संशोधन गरेको हो।

नयाँ निर्णयले स्थलमार्गबाट आवतजावत गर्ने यात्रुहरूलाई व्यक्तिगत सामान ओसारपसारमा केही सहजता दिने अपेक्षा गरिएको छ। 

सीमा नाकामा हुने जाँच तथा प्रक्रियागत झन्झट घटाउन पनि यसले सहयोग पुग्ने सरकारको विश्वास छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसैबीच, सरकारले भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि विशेष छुट व्यवस्था पनि लागू गरेको छ।  

अब उनीहरूले अध्ययन प्रयोजनका लागि नेपाल ल्याउने ट्याब्लेट, ल्यापटप वा डेस्कटप कम्प्युटरमध्ये कुनै एक थानमा भन्सार महसुल तिर्न नपर्ने व्यवस्था गरिएको छ।

सरकारका अनुसार यो निर्णयले सीमापार अध्ययन गरिरहेका विद्यार्थीलाई डिजिटल अध्ययन सामग्री प्रयोगमा सहजता प्रदान गर्नेछ।  

साथै, शैक्षिक पहुँच विस्तार र प्रविधिमैत्री अध्ययन वातावरण निर्माणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.