Bizshala
  • बुधबार, जेष्ठ २०,२०८३ 06:56:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आइतबारदेखि ललितपुरमा घरेलु महासंघको राष्ट्रिय महाधिवेशन तथा महिला उद्यमी सम्मेलन आयोजना हुँदै

Laxmi Sunrise Bank Limited
आइतबारदेखि ललितपुरमा घरेलु महासंघको राष्ट्रिय महाधिवेशन तथा महिला उद्यमी सम्मेलन आयोजना हुँदै
Shivam Cement

काठमाण्डौ । नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलन आगामी आइतबारदेखि ललितपुरमा शुरु हुने भएको छ ।

स्थापनाको ३६ वर्ष पूरा गरी ३७ औँ वर्षमा प्रवेश गर्न लागेको महासंघ राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको बुधबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । जेठ २४ र २५ गते हुने महाधिवेशनमा देशभरका उद्यमीहरूको सहभागितासँगै उद्योग क्षेत्रका समसामयिक मुद्दामाथि व्यापक बहस हुने महासंघका अध्यक्ष उमेश प्रसाद सिँहले जानकारी दिए ।

महासंघले २०४७ सालमा स्थापना भएदेखि लघु, घरेलु तथा साना उद्यमीहरूको हकहित संरक्षण, उद्यमशीलताको विकास तथा महिला उद्यमीहरूको नेतृत्व क्षमता अभिबृद्धिका क्षेत्रमा कार्य गर्दै आएको उहाँले बताए । हाल महासंघको संगठन सात सात वटै प्रदेश, ७७ वटै जिल्ला र तीन सय भन्दा बढी पालिकामा विस्तार भएको छ । साथै केन्द्रीय महिला उद्यमी समिति अन्तरगत सात प्रदेश, ६२ जिल्ला तथा विभिन्न पालिकाहरूमा महिला उद्यमी समितिहरू सक्रिय रहेको अध्यक्ष सिँहले बताए ।

Bizshala
New Office
CG Motors

महासंघका अनुसार महाधिवेशनमा देशभरका सातै प्रदेश र ७७ वटै जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक तथा महिला उद्यमी प्रतिनिधिसहित करिब एक हजार जनाको सहभागिता रहने बताइएको छ । सम्मेलनले महासंघको संगठनात्मक सुदृढीकरण, विगतका गतिविधिको समीक्षा, भावी कार्यदिशा निर्धारण तथा लघु, घरेलु र साना उद्योग क्षेत्रका चुनौती र अवसरबारे व्यापक छलफल गर्ने अपेक्षा गरिएको महासंघका उपाध्यक्ष शेभा गुरुङले बताए ।

महासंघ तथा केन्द्रीय महिला उद्यमी समितिको आगामी तीन वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गरिने महाधिवेशनबाट महिला उद्यमशीलता विकास, आर्थिक सशक्तीकरण, नवप्रवर्तन तथा बजार पहुँच विस्तारका विषयमा महत्वपूर्ण योजना र कार्यक्रम तय गरिने उपाध्यक्ष गुरुङले बताए । महाधिवेशन अवधिभर उद्यमीहरूले उत्पादन गरेका नेपाली वस्तुहरूको प्रदर्शनीसमेत आयोजना गरिनेछ ।

महासंघले कार्यक्रमको सफल आयोजनाका लागि विभिन्न उपसमितिहरू गठन गरी आवश्यक तयारी पूरा गरिसकेको जनाएको छ । कार्यक्रमलाई भव्य, सभ्य तथा उपलब्धिमूलक बनाउन सरोकारवाला निकाय तथा सञ्चारमाध्यमको सहयोग र सहभागिताको अपेक्षा गरिएको छ ।

पत्रकार सम्मेलनमा महाधिवेशन व्यवस्थापन समितिका संयोजक मोहन कटुवाल, महासंघका महासचिव डम्बर प्रसाद रेग्मीले महाधिवेशनको तयारी बारे आफ्ना भनाई राखेका थिए ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरु मुकेश उपाध्याय, चन्दनकृष्ण श्रेष्ठ, हरिहर थापा, शान्ता बास्कोटा, कोषाध्यक्ष अच्युत पाण्डे, महासंघ महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रिता अवाललगायतका केन्द्रिय पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Garima Development Bank
Shivam Cement
Bizshala

बजेटप्रति धारणा सार्वजनिक

यसैबीच, महासंघले सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३÷८४ को बजेटप्रति आफ्नो धारणा सार्वजनिक गरेको छ । महासंघले बजेटलाई समग्रमा स्वागत गर्दै यसले आर्थिक पुनरुत्थान, उत्पादनमूलक क्षेत्रको प्रवद्र्धन तथा निजी क्षेत्रको मनोबल अभिबृद्धिमा सकारात्मक योगदान पु(याउने विश्वास व्यक्त गरेको छ ।

यद्यपि, लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धनका विषयमा बजेटले पर्याप्त ध्यान दिन नसकेको महासंघको गुनासो छ । उद्योग तथा व्यवसायमैत्री कर नीति, उद्यमशीलता विकास कार्यक्रम, डिजिटल अर्थतन्त्रको प्रवद्र्धन, उत्पादन तथा रोजगारी बृद्धि, ऊर्जा र पूर्वाधार विकासलाई सकारात्मक पक्षका रूपमा लिइएको महासंघले जनाएको छ ।

बजेटमा घोषणा गरिएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, सहज वित्तीय पहुँच, घरेलु उत्पादनको संरक्षण तथा प्रवद्र्धन, युवा तथा महिला उद्यमीलाई विशेष सहुलियत, सीप विकास र बजार व्यवस्थापनका कार्यक्रमलाई व्यवहारमा लागू गर्न सरकारसँग आग्रह गरेको महासंघका अध्यक्ष सिँहले जानकारी दिए।

निर्माण सामग्री, ऊर्जा तथा ढुवानी लागतमा भएको बृद्धिका कारण साना उद्योग व्यवसायीले भोगिरहेका समस्यालाई सम्बोधन गर्न थप नीतिगत तथा कार्यक्रमगत पहल आवश्यक रहेको महासंघको धारणा छ । साथै, स्वदेशी उत्पादनको प्रयोग र प्रवद्र्धनलाई प्रोत्साहन गर्ने स्पष्ट कार्ययोजना कार्यान्वयनमा ल्याउन पनि महासंघले सरकारसँग आग्रह गरेको छ ।

महासंघले सरकारसँग सहकार्य गर्दै आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणको अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.