बिहीबार, असार ११,२०८३ 02:26:56
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:26:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतमा मनसुन ढिला प्रवेश, नेपालमा जुन १३ आसपास प्रभावको सम्भावना

Laxmi Sunrise Bank Limited
भारतमा मनसुन ढिला प्रवेश, नेपालमा जुन १३ आसपास प्रभावको सम्भावना

काठमाण्डौं । यस वर्षको दक्षिण–पश्चिम मनसुन भारतमा प्रवेश गरेको भारतीय मौसम विभाग (आईएमडी) ले जनाएको छ।  

विभागका अनुसार मनसुन करिब तीन दिन ढिला गर्दै जुन ४ तारिखमा केरलाबाट शुरु भएको हो। 

New Office
CG Motors
Garima Development Bank

सामान्यतया भारतमा मनसुन जुन १ आसपास प्रवेश गर्ने गर्दछ।

भारतमा मनसुन प्रवेश भएसँगै अब यसको असर नेपालमा कहिले देखिने भन्ने विषयमा मौसमविद्हरूले विश्लेषण शुरु गरेका छन्।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १३ तारिख मानिन्छ।

मौसमविद्हरूका अनुसार भारतमा मनसुन सक्रिय भएपछि करिब १२ देखि १३ दिनभित्र नेपालको मौसम प्रणालीमा यसको प्रभाव देखिने सम्भावना रहन्छ।  

तर, वायुमण्डलीय अवस्था परिवर्तनशील हुने भएकाले निश्चित समय पूर्वानुमान गर्न कठिन हुने उनीहरूको भनाइ छ।

जल तथा मौसम विज्ञान विभागले यसअघि नै सार्वजनिक गरेको प्रारम्भिक प्रक्षेपण अनुसार यस वर्ष मनसुन अवधिमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहेको छ।  

साथै अधिकतम र न्यूनतम तापक्रम दुवै सरदरभन्दा माथि रहने भएकाले गर्मी बढ्ने अनुमान गरिएको छ।

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपालमा मनसुन सामान्यतः जुनदेखि सेप्टेम्बरसम्म सक्रिय रहने गर्छ।  

त्यसपछि अक्टोबर र नोभेम्बरमा पोस्ट–मनसुन अवधि रहने र डिसेम्बरदेखि फेब्रुअरीसम्म जाडो याम रहने गर्दछ।  

मार्चदेखि मेसम्म प्रि–मनसुन अवधि रहनेमा हाल देशमा यही चरण चलिरहेको छ।

विभागका अनुसार यस वर्ष विशेषगरी कर्णाली, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही क्षेत्रमा वर्षा कम हुने सम्भावना बढी देखिएको छ।  

देशका अन्य भू–भागमा पनि औसतभन्दा कम वर्षा हुने सम्भावना रहेको उल्लेख गरिएको छ।

यता भारतमा मनसुन प्रवेशसँगै केरलासहित दक्षिण र उत्तरपूर्वी राज्यहरूमा आगामी दिनमा भारी वर्षा हुने अनुमान गरिएको छ।

 मनसुन क्रमशः देशभर विस्तार हुँदै सेप्टेम्बर मध्यतिर भारतबाट बाहिरिने बताइएको छ।

मौसमविद्हरूका अनुसार भारतमा मनसुनको विस्तार र नेपालको मौसम प्रणालीबीच घनिष्ठ सम्बन्ध रहने भएकाले आगामी दिनमा यसको नियमित निगरानी र अध्ययन जारी रहनेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.