आईतवार, असार १४,२०८३ 05:58:41
Bizshala
  • आईतवार, असार १४,२०८३ 05:58:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राष्ट्र बैंकको आइतवारका लागि नयाँ विनिमयदर: युरो १७७ र पाउण्ड २०५ रुपैयाँ नाघ्यो

Laxmi Sunrise Bank Limited
राष्ट्र बैंकको आइतवारका लागि नयाँ विनिमयदर: युरो १७७ र पाउण्ड २०५ रुपैयाँ नाघ्यो

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ।  

केन्द्रीय बैंकले जारी गरेको नयाँ विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य १५२ रुपैयाँ नजिक कायम रहेको छ।

New Office
CG Motors
Garima Development Bank

राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ।  

युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा तथा बिक्रीदर १७७ रुपैयाँ १७ पैसा कायम गरिएको छ भने बेलायती पाउण्ड स्टर्लिङको खरिददर २०४ रुपैयाँ २५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा तोकिएको छ।  

स्वीस फ्र्याङ्क एकको खरिददर १९२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९३ रुपैयाँ २७ पैसा रहेको छ।

अन्य प्रमुख मुद्रातर्फ अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ २९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७२ पैसा कायम गरिएको छ।  

क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ २५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ १५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ।

एसियाली मुद्राहरूमा जापानी येन १० को खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा तोकिएको छ।  

चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४१ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा रहेको छ।  

साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३८ पैसा र बिक्रीदर ४० रुपैयाँ ५४ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७९ पैसा कायम गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, थाई भाट एकको खरिददर ४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४ रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा तोकिएको छ।

राष्ट्र बैंकका अनुसार दक्षिण कोरियाली वन १०० को खरिददर ९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २४ पैसा र बिक्रीदर १६ रुपैयाँ ३० पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६१ पैसा र बिक्रीदर २३ रुपैयाँ ७० पैसा कायम गरिएको छ।

त्यसैगरी हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १९ रुपैयाँ ४३ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ९१ पैसा, बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ६६ पैसा तथा ओमानी रियाल एकको खरिददर ३९३ रुपैयाँ ८० पैसा र बिक्रीदर ३९५ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय मुद्रा बजारको अवस्था अनुसार विनिमयदर आवश्यक परे जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।  

साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदरमा केही भिन्नता हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमार्फत उपलब्ध हुने जानकारी दिइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.