मंगलवार, जेष्ठ २६,२०८३ 06:57:23
Bizshala
  • मंगलवार, जेष्ठ २६,२०८३ 06:57:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बालेन सरकार विस्तार: गृह र प्रविधिमा गुरुङ–पुनको नियुक्ति

Laxmi Sunrise Bank Limited
बालेन सरकार विस्तार: गृह र प्रविधिमा गुरुङ–पुनको नियुक्ति
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।  

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज भएको शपथ ग्रहण समारोहमा गृहमन्त्रीका रूपमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीका रूपमा महावीर पुनले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

 

Bizshala
New Office
CG Motors

शपथ समारोह राष्ट्रपति कार्यालयमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, मन्त्री तथा सांसदहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका सुधन गुरुङ यसअघि पनि सोही पदमा थिए।  

सम्पत्ति विवरणसम्बन्धी विवादपछि उनले राजीनामा दिएका थिए भने पछि छानबिन प्रक्रियाबाट क्लिनचिट पाएपछि उनी पुनः सोही पदमा फर्किएका हुन्।

Garima Development Bank
Shivam Cement
Bizshala

त्यस्तै, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हालेका महावीर पुन पनि यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री रहेका थिए।

पछि चुनावी प्रतिस्पर्धाका लागि पद छोडेका उनी पुनः सरकारमा फर्किएका हुन्।

गुरुङ गोरखा–१ बाट रास्वपाका निर्वाचित सांसद हुन् भने पुन म्याग्दीबाट स्वतन्त्र सांसद हुन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.