मंगलवार, जेष्ठ २६,२०८३ 11:06:22
Bizshala
  • मंगलवार, जेष्ठ २६,२०८३ 11:06:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गृहमन्त्री बनेलगत्तै गुरुङको घोषणा: दरबार हत्याकाण्डको रहस्य खोजिने

Laxmi Sunrise Bank Limited
गृहमन्त्री बनेलगत्तै गुरुङको घोषणा: दरबार हत्याकाण्डको रहस्य खोजिने
Shivam Cement

काठमाण्डौ । नवनियुक्त गृहमन्त्री सुदन गुरुङले पदभार ग्रहणसँगै बहुचर्चित नारायणहिटी दरबार हत्याकाण्डको अनुसन्धान पुनः अघि बढाउने घोषणा गरेका छन्। मंगलबार साँझ गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आफूले लिएका पहिलो चार प्राथमिकतामध्ये २०५८ सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णयलाई प्रमुख रूपमा अघि सारेका हुन्।

Bizshala
New Office
CG Motors

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले लामो समयदेखि चर्चामा रहेको दरबार हत्याकाण्डबारे थप अनुसन्धानको आवश्यकता रहेको भन्दै सम्बन्धित फाइल पुनः अध्ययन तथा अनुसन्धान प्रक्रिया अगाडि बढाइने बताए।

उनले दरबार हत्याकाण्डसँगै विभिन्न संवेदनशील तथा चर्चित विषयका अनुसन्धानलाई पनि निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। गृहमन्त्री गुरुङका अनुसार गृह मन्त्रालयले अब रोकिएका तथा अधुरा रहेका अनुसन्धान फाइलहरूलाई प्राथमिकताका साथ अघि बढाउनेछ।

Garima Development Bank
Shivam Cement
Bizshala

गृहमन्त्री गुरुङले पदभार ग्रहणसँगै गरेका चार प्रमुख निर्णय यस्ता छन्:

• २०५८ सालको नारायणहिटी दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने र अनुसन्धान प्रक्रिया अघि बढाउने।

• ‘जेनजी आन्दोलन’सँग सम्बन्धित फौजदारी मुद्दा फिर्ता लिन सकिने वा नसकिने विषयमा अध्ययन गर्ने।

• नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई थप सशक्त र प्रभावकारी बनाउने।

• छानबिनका क्रममा रहेका सबै अनुसन्धान प्रक्रिया टुंगोमा पुर्‍याउने तथा आवश्यक परेका फाइलहरू पुनः खोल्ने।

गृहमन्त्री गुरुङको यो निर्णयले विशेषगरी दुई दशकभन्दा बढी समयदेखि रहस्य र विवादको विषय बन्दै आएको नारायणहिटी दरबार हत्याकाण्ड पुनः राष्ट्रिय बहसको केन्द्रमा आउने संकेत देखिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.