बिहीबार, कार्तिक १२,२०८३ 07:54:28
  • बिहीबार, कार्तिक १२,२०८३ 07:54:28
Global IME Bank Limited

ब्रिटिश प्रोफेसनल कलेज र एसीसीएले पोखरामा आयोजना गर्यो बृहत् लेखा शिक्षक कार्यशाला

Bizshala
ब्रिटिश प्रोफेसनल कलेज र एसीसीएले पोखरामा आयोजना गर्यो बृहत् लेखा शिक्षक कार्यशाला
New Office

काठमाण्डौ । ब्रिटिश एजुकेसन ग्रुप अन्तर्गतको र प्लेटिनम मान्यता प्राप्त एसीसीए प्रदायक संस्था ‘ब्रिटिश प्रोफेसनल कलेज’ले एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्टसँगको सहकार्यमा पोखरामा एक वृहत् लेखा शिक्षक कार्यशाला सम्पन्न गरेको छ।

यही जेठ २३ गते पोखरा इभेन्ट सेन्टरमा आइएफआरएस र एनएफआरएससम्बन्धी उक्त व्यावसायिक विकास कार्यशाला सफलतापूर्वक आयोजना गरिएको हो।

गण्डकी क्षेत्रका १५० भन्दा बढी विद्यालय तथा कलेजका २०० भन्दा बढी लेखा तथा वित्त क्षेत्रका शिक्षक एवं प्राध्यापकहरूको उत्साहजनक सहभागिता रहेको यो कार्यक्रम यस क्षेत्रकै सबैभन्दा ठूलो शैक्षिक जमघटमध्ये एक बनेको छ। अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन  मापदण्ड र नेपाल वित्तीय प्रतिवेदन मापदण्डबारे शिक्षकहरूको बुझाइलाई अझ सुदृढ बनाउने र लेखा शिक्षामा उत्कृष्टता प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कार्यशालाको प्राविधिक सत्रहरू एफसीसीए बिक्रान्त आचार्यले सञ्चालन गरेका थिए, जहाँ उनले वर्तमान लेखा अभ्यास, वित्तीय प्रतिवेदनका मापदण्ड र यस क्षेत्रमा भित्रिएका नवीनतम् प्रवृत्तिहरूबारे व्यावहारिक ज्ञान र अन्तर्दृष्टि साझा गरे ।

कार्यक्रममा बोल्दै ब्रिटिश एजुकेसन ग्रुपका प्रोफेसनल एजुकेसन प्रमुख दिपेन्द्र के। श्रेष्ठले भने, ‘शिक्षकहरूको यो उत्साहजनक सहभागिताले नेपालमा लेखा शिक्षाको गुणस्तर सुधारप्रतिको ठूलो प्रतिबद्धता झल्काउँछ। एसीसीएसँग मिलेर शिक्षकहरूका लागि यस्ता अर्थपूर्ण कार्यक्रम आयोजना गर्न पाउँदा हामीलाई गर्व लागेको छ।’

Garima Development Bank
Bizshala
IME remit

यसैगरी ब्रिटिश एजुकेसन ग्रुप÷द ब्रिटिश कलेज तथा द कँडेल ग्रुप नेपालका कन्ट्री डाइरेक्टर अरुण कुमार कँडेलले शिक्षा क्षेत्रमा निरन्तरको व्यावसायिक विकासको महत्त्वमाथि प्रकाश पारे । उनले भने, ‘विश्वव्यापी रूपमा लेखा र वित्त पेशा द्रुत गतिमा परिवर्तन भइरहेको छ। यस अवस्थामा शिक्षकहरू अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतिवेदन मापदण्डहरूसँग अपडेट भइरहनु अनिवार्य छ। यस्ता कार्यशालाले भावी जनशक्तिलाई विश्वबजारको माग अनुरूप तयार पार्न ठूलो भूमिका खेल्छन्।’

कार्यक्रमले गण्डकी प्रदेशभरिका शिक्षकहरूबीच आपसी ज्ञान आदानप्रदान र सहकार्यका लागि एक बलियो नेटवर्किङ प्लेटफर्मको समेत काम गरेको थियो।

काठमाण्डौ र पोखरा दुवै स्थानमा एसीसीएको अध्यापन गराउँदै आएको ब्रिटिश प्रोफेसनल कलेजले व्यावसायिक शिक्षाको विकास र शिक्षकहरूको क्षमता अभिवृद्धिमा निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ। हाल कलेजका दुवै केन्द्रमा एसीसीएको नयाँ भर्ना खुला रहेको समेत जानकारी दिइएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.