शनिबार, जेष्ठ ३०,२०८३ 08:14:36
Bizshala
  • शनिबार, जेष्ठ ३०,२०८३ 08:14:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

तीन हजार ७०० अफगान शरणार्थी एकै दिन स्वदेश फिर्ता

Laxmi Sunrise Bank Limited
तीन हजार ७०० अफगान शरणार्थी एकै दिन स्वदेश फिर्ता
Shivam Cement

काठमाण्डौ । पाकिस्तानले पछिल्लो एक साताको अवधिमा ७६३ अफगान नागरिकलाई जेलमुक्त गरेको जनाएको छ।

विभिन्न मुद्दामा पक्राउ परेका ती अफगान नागरिकहरूलाई रिहा गरी स्वदेश फर्काइएको पाकिस्तानी अधिकारीहरूले बताएका छन्।

Bizshala
New Office
CG Motors

अफगानिस्तानका अधिकारीहरूका अनुसार शनिबार मात्रै करिब तीन हजार ७०० अफगान शरणार्थी पाकिस्तानबाट फर्किएका छन्।  

उनीहरू दक्षिणी कान्दाहारस्थित स्पिन बोल्डक नाका र पूर्वी नङ्गरहारस्थित तोरखाम सीमा हुँदै अफगानिस्तान प्रवेश गरेका हुन्।

रिहा गरिएका कैदीहरू विभिन्न अभियोगमा पाकिस्तानका जेलमा रहेका थिए।  

पछिल्लो समय पाकिस्तानले कागजातविहीन विदेशी नागरिकमाथि निगरानी र नियन्त्रण कडा बनाएसँगै अफगान नागरिकहरूको स्वदेश फिर्ती क्रम तीव्र बनेको देखिएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

संयुक्त राष्ट्रसंघीय तथ्यांकअनुसार करिब ६० लाख अफगान नागरिक विभिन्न देशमा शरणार्थी वा आप्रवासीका रूपमा बसोबास गरिरहेका छन्।  

तीमध्ये ठूलो संख्या पाकिस्तान र इरानमा रहेको छ।

हाल पाकिस्तान र इरान दुवैले वैध कागजात नभएका विदेशी नागरिकलाई स्वदेश फर्काउन दबाब बढाइरहेका छन्।  

यस नीतिका कारण हजारौं अफगान नागरिक पछिल्ला महिनाहरूमा अफगानिस्तान फर्किन बाध्य भएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.