सोमबार, असार १,२०८३ 01:46:48
Bizshala
  • सोमबार, असार १,२०८३ 01:46:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नयाँ संसद् भवनको मुख्य सभाहल तयार, सभामुख अर्यालले गरे निरीक्षण

Laxmi Sunrise Bank Limited
नयाँ संसद् भवनको मुख्य सभाहल तयार, सभामुख अर्यालले गरे निरीक्षण
Shivam Cement

काठमाण्डौ । संघीय संसद्को लागि निर्माणाधीन नयाँ भवनको मुख्य बैठक कक्ष तयार भएको छ ।  

यसको तयारी र संरचनागत अवस्थाबारे औपचारिक अवलोकन गरिएको छ। 

Bizshala
New Office
CG Motors

सभामुख डोलप्रसाद अर्यालको नेतृत्वमा पुगेको टोलीले भवनको समग्र प्रगति तथा सञ्चालन तयारीको समीक्षा गरेको हो।

अवलोकनका क्रममा मुख्य सभाहलदेखि लिएर आन्तरिक संरचना, सुरक्षा व्यवस्था, प्रविधिगत सुविधा तथा पूर्वाधार विकाससम्मका विषयमा विस्तृत जानकारी लिइएको संसद् सचिवालयले जनाएको छ।  

सभामुख अर्यालले नयाँ भवनले संसद्को कामकारबाहीलाई थप व्यवस्थित, प्रभावकारी र आधुनिक बनाउन मद्दत पुग्ने अपेक्षा व्यक्त गरेका छन्।

२०७६ साल असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीद्वारा शिलान्यास गरिएको यस परियोजनाको निर्माण सम्झौता त्यसको करिब दुई सातापछि रु ६ अर्ब ९२ करोडमा गरिएको थियो।

विभिन्न चरणमा देखिएका प्राविधिक जटिलता, निर्माण ढिलाइ र व्यवस्थापकीय चुनौतीबीच परियोजना अघि बढ्दै हाल मुख्य संरचना सम्पन्न भएको हो।

नयाँ संसद् भवनलाई आधुनिक संसदीय अभ्यासलाई ध्यानमा राख्दै पूर्ण सुविधा सम्पन्न परिसरका रूपमा विकास गरिएको छ।  

भवन परिसरभित्र प्रतिनिधिसभा, राष्ट्रिय सभा, संसद् सचिवालय तथा राजनीतिक दलका संसदीय कार्यालयहरू एकीकृत रूपमा व्यवस्थापन गरिएको छ।

परिसरको डिजाइन अनुसार वीआईपी तथा भीभीआईपीका लागि छुट्टै मुख्य प्रवेशद्वार निर्माण गरिएको छ भने कर्मचारी र अन्य आगन्तुकका लागि अलग प्रवेशद्वारको व्यवस्था गरिएको छ। 

Garima Development Bank
Shivam Cement
Bizshala

प्रतिनिधिसभा भवन एकातर्फ र संसद् सचिवालय अर्कोतर्फ राखिएको छ भने राष्ट्रिय सभा तथा दलका कार्यालयहरू पछिल्लो भागमा अवस्थित छन्।

प्रतिनिधिसभा हलको क्षमता करिब ७०० सिट रहेको छ, जसलाई संयुक्त बैठक सञ्चालन गर्न सकिने गरी डिजाइन गरिएको हो।  

मुख्य सभाहलमा ४०० सिट र बाल्कोनीमा ३०० सिट व्यवस्था गरिएको छ।  

राष्ट्रियसभा हलमा २९० सिट क्षमता छ भने दुवै सदनका लागि ३५० सिट क्षमताको साझा लबी निर्माण गरिएको छ।

संसदीय कार्यलाई सहज बनाउन १० वटा राजनीतिक दलका लागि छुट्टाछुट्टै कार्यालय तथा बैठक कक्ष तयार गरिएको छ।  

प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा प्रमुख सचेतकहरूका लागि विशेष सुविधा सहितका कार्यकक्ष र २५ सिट क्षमताका बैठक हलहरू व्यवस्था गरिएको छ।

परिसरभित्र पुस्तकालय, क्यान्टिन, प्रेस तथा छपाइ सुविधा पनि समावेश छन्।  

करिब ७०० सवारी साधन अट्ने पार्किङ क्षेत्र, सुरक्षाकर्मीका लागि छुट्टै भवन तथा आपतकालीन व्यवस्थापन पूर्वाधार समेत निर्माण गरिएको छ।

हरियाली वातावरण, खुला क्षेत्र, बगैंचा र पानीको फोहरासहितको सौन्दर्यकरणले संसद् परिसरलाई आकर्षक बनाइएको छ।  

नयाँ भवनले दीर्घकालीन रूपमा नेपालको संसदीय अभ्यासलाई आधुनिक र सुरक्षित दिशातर्फ अघि बढाउने अपेक्षा गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.