काठमाण्डौ । कनेक्ट आईपीएसले स्कुलको शुल्क भुक्तानी गर्दा छात्रवृत्ती पाउन सकिने अफर योजना ल्याएको छ । यो अफरअन्तर्गत २० जना भाग्यशाली विद्यार्थीहरुले भुक्तानी गरेको रकम वा अधिकतम रु १० हजारसम्मको छात्रवृत्ती रकम प्राप्त गर्न सक्नेछन् ।
यो अफर कनेक्ट आईपीएसबाट बैशाख ३१ गतेसम्म अनलाइन शुल्क भुक्तानी गर्दा लागू हुनेछ । अफरको अन्त्य पछी कनेक्ट आईपीएसको आधिकारिक वेबसाईटमा विजेताको जानकारी प्रकाशित गरिने कम्पनीले जनाएको छ ।
साथै भुक्तानी गरिएको बैंक खातामा नै छात्रवृत्तीको रकम जम्मा गरिने जनाइएको छ ।
कनेक्ट आईपीएसबाट ७०० भन्दा बढी स्कूलहरुको भुक्तानी गर्न सकिन्छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।