मंगलवार, आश्विन १३,२०८३ 02:51:11
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 02:51:11
Bizshala
Global IME Bank Limited

मन्त्री अनुपस्थितिमा सांसद राई आक्रोशित, प्रतिनिधि सभा १५ मिनेट स्थगित

Bizshala
मन्त्री अनुपस्थितिमा सांसद राई आक्रोशित, प्रतिनिधि सभा १५ मिनेट स्थगित
New Office

काठमाण्डौ । प्रतिनिधिसभाको सोमबारको बैठक सांसद राजेन्द्र राईको कडा आपत्तिपछि केही समयका लागि स्थगित भएको छ।  

बजेटमाथिको छलफलका क्रममा मन्त्रीहरूको अनुपस्थितिलाई लिएर असन्तुष्टि जनाउँदै उनी रोस्टममै उभिएपछि बैठकको कार्यवाही प्रभावित भएको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सोमबारको बैठकमा नौ वटा मन्त्रालयको बजेटमाथि छलफल जारी रहेको थियो।

सभामुख डोलप्रसाद अर्यालले सांसद राईलाई बोल्न समय प्रदान गरेका थिए। उनलाई करिब १० मिनेटको समय दिइएको थियो।

रोस्टममा पुगेपछि सांसद राईले सभामुखलाई सम्बोधन गर्दै मन्त्रालयगत बजेट छलफलमा मन्त्रीहरूको अनिवार्य उपस्थिति नदेखिएकोप्रति आपत्ति जनाए।  

उनले विगतको बैठकमा पनि अर्थमन्त्री अनुपस्थित रहेको स्मरण गराउँदै मन्त्रीहरूको उपस्थितिविना छलफल औपचारिक मात्र हुने टिप्पणी गरे।

उनले भने, “आज पनि नौ मन्त्रालयको बजेटमाथि छलफल भइरहेको छ तर जम्मा दुई जना मन्त्री मात्रै उपस्थित छन्।

यस्तो अवस्थामा हामीले के छलफल गर्ने ? ”

सांसद राईले मन्त्रालयगत बजेटमाथि छलफल चलिरहँदा सम्बन्धित मन्त्रीहरू उपस्थित हुनु अनिवार्य हुनुपर्ने माग गरे।  

उनका अनुसार मन्त्रीहरूको अनुपस्थितिमा सांसदले उठाएका प्रश्नहरूको अर्थपूर्ण जवाफ नआउने भएकाले संसदीय बहस कमजोर बन्ने गरेको छ।

रोस्टममै उभिएका सांसद राईलाई सभामुख अर्यालले पटक–पटक बोल्न आग्रह गरे पनि उनले मन्त्रीहरूको उपस्थिति नभएसम्म नबोल्ने अडान लिए। उनले रोस्टम नछोड्ने चेतावनीसमेत दिएका थिए।

सांसदको अडान र कार्यवाही अवरुद्ध भएपछि सभामुख अर्यालले आजको प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।

घटनापछि संसदमा बजेट छलफल र मन्त्रीहरूको उपस्थिति सम्बन्धी विषय पुनः बहसमा आएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.