सोमबार, श्रावण ४,२०८३ 06:27:09
Bizshala
  • सोमबार, श्रावण ४,२०८३ 06:27:09
Bizshala
Global IME Bank Limited

विश्वकप खेल अघि अमेरिकाको न्यूयोर्कस्थित टाइम्स स्क्वायरमा अर्जेन्टिना–अल्जेरिया समर्थकबीच झडप

विश्वकप खेल अघि अमेरिकाको न्यूयोर्कस्थित टाइम्स स्क्वायरमा अर्जेन्टिना–अल्जेरिया समर्थकबीच झडप
New Office

काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिना र अल्जेरियाबीचको महत्वपूर्ण खेलअघि अमेरिकाको न्यूयोर्कस्थित टाइम्स स्क्वायर क्षेत्रमा दुवै देशका समर्थकबीच झडप भएको छ।

 खेलपूर्व देखिएको यो घटनाले विश्वकपको उत्साहपूर्ण माहोलमा केही समयका लागि तनाव थपेको देखिएको छ।

स्थानीय प्रहरीका अनुसार म्यानहट्टनको ४६औँ स्ट्रिट र ब्रोडवे क्षेत्रमा स्थानीय समयअनुसार राति करिब १० बजे अर्जेन्टिना र अल्जेरियाका समर्थकबीच शुरु भएको सामान्य भनिएको विवाद क्रमशः चर्किँदै गएर हात हालाहालसम्म पुगेको थियो।

शुरुमा सामान्य भनिएको भनाभन केही मिनेटमै ठूलो झडपमा परिणत भएको बताइएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियो फुटेजहरूमा दुवै पक्षका समर्थकहरू ठूलो संख्यामा एकअर्कातर्फ धकेलाधकेल गर्दै अघि बढिरहेको र केही क्षणपछि मुक्का हानाहान शुरु भएको देखिन्छ।  

भीड अनियन्त्रित बन्दा आसपासको वातावरण तनावग्रस्त बनेको थियो।

झडपका क्रममा भीडको धक्कामुक्कामा एक बालक लडेको दृश्यसमेत भिडियोमा देखिन्छ, जसले घटनालाई थप संवेदनशील बनाएको छ। 

घटनास्थलमै रहेकी एक महिलाले भीडलाई शान्त पार्ने प्रयास गर्दै “शान्त होऊ, शान्त होऊ, के गरिरहेका छौ ? ” भन्दै रोक्न खोजेको आवाज पनि भिडियोमा सुनिन्छ।

त्यस क्रममा केही समर्थकहरूले पेय पदार्थहरू समेत भीडतर्फ छ्यापेको देखिएको छ, जसले स्थिति अझै तनावपूर्ण बनाएको थियो।  

तर, प्रारम्भिक जानकारीअनुसार घटनामा गम्भीर घाइते कोही नभएको प्रहरीले पुष्टि गरेको छ।

समूह ‘जे’ अन्तर्गत अर्जेन्टिना र अल्जेरियाबीचको खेल भने निर्धारित समयअनुसार अमेरिकाको कान्सास सिटी स्टेडियममा सम्पन्न हुँदैछ।  

नेपाली समयअनुसार उक्त खेल आज राति ६:४५ बजे शुरु हुने कार्यक्रम छ।

प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ र थप विवरण आउन बाँकी रहेको बताइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.