काठमाण्डौ । इंग्ल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै विजयी शुरुवात गरेको छ।
अमेरिकाको आर्लिङ्गटन स्टेडियममा बुधबार राति सम्पन्न अत्यन्तै रोमाञ्चक खेलमा इंग्ल्याण्डले क्रोएसियालाई ४–२ ले पराजित गरेको हो।
यस जितसँगै इंग्ल्याण्डले क्रोएसियासँगको पुरानो हारको बदला समेत चुकाएको छ।
यसअघि मस्कोमा भएको विश्वकप सेमिफाइनलमा क्रोएसियाले इंग्ल्याण्डलाई २–१ ले हराउँदै फाइनल यात्राबाट बाहिर पठाएको थियो।
तर, यसपटक इंग्ल्याण्डले बलियो पुनरागमन गर्दै महत्वपूर्ण जीत निकाल्न सफल भयो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।