सोमबार, श्रावण १८,२०८३ 11:19:27
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:19:27
Bizshala
Global IME Bank Limited

सामाजिक सञ्जालमा भ्रामक स्वास्थ्यसम्बन्धी विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह

सामाजिक सञ्जालमा भ्रामक स्वास्थ्यसम्बन्धी विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह
New Office

काठमाण्डौ । विज्ञापन बोर्डले सामाजिक सञ्जालमार्फत प्रसारण भइरहेका भ्रामक र अप्रमाणित स्वास्थ्यसम्बन्धी विज्ञापनप्रति चासो व्यक्त गर्दै यस्ता सामग्रीको प्रचारप्रसार नगर्न सम्बन्धित निकाय तथा व्यक्तिहरूलाई आग्रह गरेको छ।

बोर्डका अनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब र ह्वाट्सएपजस्ता प्लेटफर्ममा आवश्यक कानूनी स्वीकृति, लेबलिङ तथा आधिकारिक प्रमाणीकरणबिना औषधिजन्य वस्तु र स्वास्थ्य सामग्रीको विज्ञापन भइरहेको पाइएको छ।

विशेषगरी कपाल उम्राउने, तौल घटाउने, शरीरका विषाक्त पदार्थ हटाउने, मिर्गौला सफा गर्ने तथा हड्डी र नसासम्बन्धी समस्या निको पार्ने दाबी गरिएका उत्पादनको प्रचारले उपभोक्तालाई भ्रमित बनाउने र जनस्वास्थ्यमा असर पुर्‍याउन सक्ने बोर्डले जनाएको छ।

बोर्डले यस्ता विज्ञापनहरू विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ लगायत प्रचलित कानूनविपरीत हुन सक्ने उल्लेख गर्दै नियम उल्लंघन गर्ने व्यक्ति वा संस्थाविरुद्ध आवश्यक कानूनी कारबाही गरिने चेतावनी दिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.