सोमबार, श्रावण १८,२०८३ 10:18:46
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 10:18:46
Bizshala
Global IME Bank Limited

डीआर कङ्गोमा इबोला प्रकोप तीव्र, ८०८ सङ्क्रमित र १९२ को मृत्यु

डीआर कङ्गोमा इबोला प्रकोप तीव्र, ८०८ सङ्क्रमित र १९२ को मृत्यु
New Office

काठमाण्डौ । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा इबोला भाइरसको प्रकोप थप गम्भीर बन्दै गएको छ।  

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म इबोलाबाट सङ्क्रमित हुनेको संख्या ८०८ पुगेको छ भने मृत्यु हुनेको संख्या १९२ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन नम्बर ३१ अनुसार आइतबार मात्रै थप २६ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ११ जनाले ज्यान गुमाएका छन्।  

पछिल्ला तथ्यांकसँगै देशमा इबोलाबाट हुने मृत्यु दर २३।८ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आइतबारसम्म ३६३ जना सङ्क्रमित बिरामीहरू आइसोलेसनमा उपचाररत रहेका छन्।  

हालसम्म ४८ जना बिरामी भने उपचारपछि पूर्ण रूपमा निको भइसकेका छन्।

इबोला नियन्त्रण तथा रोकथामका लागि इटुरी, उत्तरी किभु र दक्षिण किभु गरी तीन प्रमुख प्रभावित प्रान्तहरूमा स्वास्थ्य टोली परिचालन गरी अभियान तीव्र बनाइएको छ।  

सङ्क्रमण फैलिन नदिन निगरानी, परीक्षण तथा सम्पर्क ट्रेसिङका कार्यक्रमलाई पनि विस्तार गरिएको जनाइएको छ।

यसअघि बुन्डिबुग्यो क्षेत्रमा देखिएको इबोला भाइरसका कारण फैलिएको यो प्रकोपलाई डीआरसी सरकारले मे १५ मा आधिकारिक रूपमा घोषणा गरेको थियो।  

त्यसयता रोग नियन्त्रणका प्रयास निरन्तर जारी रहे पनि नयाँ सङ्क्रमणका कारण स्थिति चुनौतीपूर्ण बनेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.