मंगलवार, असार ९,२०८३ 07:01:05
Bizshala
  • मंगलवार, असार ९,२०८३ 07:01:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिटिजन्स बैंकको रणनीतिक शक्ति : अनुभवी र विविधतायुक्त सञ्चालक समिति

Laxmi Sunrise Bank Limited
सिटिजन्स बैंकको रणनीतिक शक्ति : अनुभवी र विविधतायुक्त सञ्चालक समिति

काठमाण्डौ ।  सन् २००७ अप्रिल २० देखि मुलुकको २०औँ वाणिज्य बैंकका रूपमा सञ्चालनमा आएको Citizens Bank International Limited ले आफ्नो संस्थागत यात्रामा सुशासन, पारदर्शिता र व्यावसायिक नेतृत्वलाई प्रमुख आधार बनाउँदै आएको छ।

हालै सम्पन्न आठौँ विशेष साधारणसभाबाट बैंकले सर्वसाधारण शेयरधनीतर्फबाट तीन जना र संस्थापक शेयरधनीतर्फबाट एक जना गरी चार सञ्चालक निर्वाचित गरेको छ। नयाँ संरचनासँगै बैंकको सञ्चालक समितिमा बैंकिङ, केन्द्रीय बैंक, नीति निर्माण, अन्तर्राष्ट्रिय विकास, उद्यमशीलता, पूँजीबजार र उत्पादनमूलक उद्योगको अनुभव एकै ठाउँमा जोडिएको छ।

बैंकले सर्वसाधारणमा शेयर जारी गरेयता शेयरधनीलाई निरन्तर लाभांश वितरण गर्दै आएको जनाएको छ। अबको चुनौती भनेको यही विश्वासलाई अझ मजबुत बनाउँदै वित्तीय अनुशासन, जोखिम नियन्त्रण, प्रविधिमैत्री सेवा र दिगो व्यवसाय विस्तारमा रूपान्तरण गर्नु हो।

New Office
CG Motors
Garima Development Bank

उद्योगदेखि बैंकिङसम्मको अनुभवसहित अध्यक्ष पाण्डे

बैंकको सञ्चालक समितिको अध्यक्षमा युवा उद्यमी प्रबलजंग पाण्डे छन्। इन्जिनियरिङ पृष्ठभूमिका पाण्डेसँग औषधि उत्पादन तथा सिमेन्ट उद्योगमा दुई दशकभन्दा बढीको अनुभव छ। उद्योग–व्यवसायको प्रत्यक्ष अनुभव भएका अध्यक्षको नेतृत्वले बैंकलाई उत्पादनमूलक क्षेत्र, उद्यमशीलता र दीर्घकालीन लगानीका अवसर बुझ्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बैंकिङ, पूँजीबजार र उद्यम क्षेत्रका अनुभवी सञ्चालक

सञ्चालक प्रकाशचन्द्र मैनालीसँग संयुक्त लगानीको वाणिज्य बैंकमा करिब नौ वर्ष काम गरेको अनुभव छ। उनी सेवा उद्योगसँगै कुखुरा तथा पन्छीजन्य व्यवसायमा पनि लामो समयदेखि सक्रिय छन्।

सञ्चालक दिग्विजय विष्टले पूँजीबजार, वित्तीय क्षेत्र र विविध व्यवसायमा करिब २५ वर्षभन्दा बढीको अनुभव बटुलेका छन्। अमेरिकाको मियामी युनिभर्सिटीबाट एमबीए गरेका विष्टको वित्तीय र व्यावसायिक अनुभवले बोर्डको रणनीतिक निर्णय प्रक्रियामा थप गहिराइ ल्याउने विश्वास बैंकको छ।

बैंकिङ क्षेत्रमा साढे तीन दशकभन्दा लामो अनुभव भएका अनिल ज्ञवाली पनि सञ्चालक समितिमा छन्। वाणिज्य बैंकमा सहायक प्रबन्धकबाट बैंकिङ यात्रा सुरु गरेका ज्ञवालीले नेपालका ठूला वाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्। शाखा विस्तार, जोखिम व्यवस्थापन, संस्थागत नेतृत्व र बैंकिङ सञ्चालनमा उनको अनुभव बोर्डका लागि महत्वपूर्ण मानिएको छ।

केन्द्रीय बैंक र सार्वजनिक क्षेत्रको अनुभव

सञ्चालक डा. विनोद आत्रेयसँग केन्द्रीय बैंकमा चार दशकभन्दा बढी काम गरेको अनुभव छ। तालिम तथा विकास, रणनीतिक योजना, मानव संसाधन व्यवस्थापन, सामान्य प्रशासन र लघुवित्त सञ्चालनमा उनको विशेष दक्षता रहेको छ।

संघीय मुलुकहरूमा संयुक्त राष्ट्रसंघीय परियोजनासँग आबद्ध भएर संस्थागत सुधार र पुनर्संरचनाका कार्ययोजना तयार पारेको अनुभव पनि आत्रेयसँग छ। सार्वजनिक क्षेत्रको बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गर्दै सुधारका कार्यक्रम लागू गरी संस्थालाई नाफामुखी बनाउने अनुभवले उनको भूमिकालाई थप अर्थपूर्ण बनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अन्तर्राष्ट्रिय विकास र समावेशीकरणको दृष्टिकोण

विशेष साधारणसभाबाट निर्वाचित सञ्चालक हीमा देवी खड्का केसीसँग अन्तर्राष्ट्रिय विकास संस्थामा दुई दशकभन्दा बढी नेतृत्व र कार्यक्रम व्यवस्थापनको अनुभव छ। नेपालदेखि यमन, अफगानिस्तान, तान्जानिया, नाइजेरिया, ताजिकिस्तान, लाओस र जिम्बाब्वेसम्म काम गरेको अनुभवले उनलाई अन्तर्राष्ट्रिय विकास, संकट व्यवस्थापन, साझेदारी निर्माण र समावेशी आर्थिक विकासको व्यावहारिक ज्ञान दिएको छ।

उनको अनुभवले बैंकको वित्तीय समावेशीकरण, महिला तथा युवा उद्यमशीलता, लघु उद्यम प्रवर्द्धन र जलवायु–अनुकूल वित्तीय अभ्यासमा नयाँ दृष्टिकोण थप्ने अपेक्षा गरिएको छ।

नीति, अर्थतन्त्र र वित्तीय समावेशीकरणका जानकार डा. पण्डित

सर्वसाधारण शेयरधनीतर्फबाट निर्वाचित अर्का सञ्चालक डा. राजेन्द्र पण्डित पूर्व केन्द्रीय बैंक अधिकारी हुन्। उनले दुई दशकभन्दा बढी समय केन्द्रीय बैंकका विभिन्न जिम्मेवारीमा रहेर आर्थिक नीति, मौद्रिक रणनीति, विदेशी विनिमय नीति, आर्थिक तथ्यांक प्रणाली र वित्तीय समावेशीकरणका क्षेत्रमा योगदान दिएका छन्।

सार्वजनिक नीति तथा प्रशासनमा विद्यावारिधि गरेका डा. पण्डित साना व्यवसाय, उद्यमशीलता र आर्थिक नीतिका अनुसन्धानकर्ता पनि हुन्। अर्थ मन्त्रालयमा आर्थिक सल्लाहकार तथा बजेट विशेषज्ञका रूपमा काम गरेको अनुभवले बैंकको रणनीति निर्माण, आर्थिक परिवेशको विश्लेषण र जोखिम मूल्यांकनमा उपयोगी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सुशासनलाई केन्द्रमा राखेर नयाँ यात्रा

सिटिजन्स बैंकको सञ्चालक समितिमा उद्योग, बैंकिङ, नियमन, पूँजीबजार, नीति अनुसन्धान, अन्तर्राष्ट्रिय विकास र सार्वजनिक क्षेत्रको अनुभव समेटिएको छ। यस्तो विविध नेतृत्व संरचनाले बैंकलाई केवल व्यवसाय विस्तारमा मात्र होइन, जोखिम नियन्त्रण, पारदर्शिता, ग्राहक विश्वास, वित्तीय समावेशीकरण र दीर्घकालीन संस्थागत सुदृढीकरणमा पनि बलियो बनाउने आधार तयार गरेको छ।

बैंकका लागि अबको प्राथमिकता भनेको अनुभवी बोर्डको ज्ञानलाई प्रभावकारी कार्यान्वयनमा उतार्नु हो-जहाँ सुशासन केवल नारा होइन, निर्णय प्रक्रिया, कर्जा प्रवाह, जोखिम व्यवस्थापन, ग्राहक सेवा र शेयरधनी प्रतिफलमा देखिने संस्थागत अभ्यास बन्न सकोस्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.