आईतवार, भाद्र २८,२०८३ 07:19:47
Bizshala
  • आईतवार, भाद्र २८,२०८३ 07:19:47
Bizshala
Global IME Bank Limited

सुमेरु सहकारीको जग्गा बिक्री तेस्रो पटक पनि असफल, पुनः लिलामी सूचना

सुमेरु सहकारीको जग्गा बिक्री तेस्रो पटक पनि असफल, पुनः लिलामी सूचना
New Office

काठमाण्डौ । बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यले समस्याग्रस्त सुमेरु सेभिङस एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको जग्गा बिक्री प्रक्रिया तेस्रो पटक पनि अघि बढ्न सकेन ।  

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पुनः एक साता समय दिएर लिलामी सूचना जारी गरेको छ  । 

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

यसअघि दुई पटक सूचना प्रकाशित भएपनि पर्याप्त खरिद प्रस्ताव नआएपछि तेस्रो चरणमा प्रक्रिया अघि बढाइएको हो।  

जग्गा खरिदका लागि स्रोत स्पष्ट देखाउनुपर्ने कडाइका कारण पनि बिक्री प्रक्रिया प्रभावित भएको बताइएको छ।

समितिले बचतकर्ताको रकम फिर्ता गर्न धितोमा रहेका सम्पत्तिहरूलाई प्याकेज बनाएर बिक्री गर्ने योजना अघि सारेको छ।

पहिलो प्याकेजको मूल्य करिब १ अर्ब २० करोड रुपैयाँ तोकिएको छ।

तर, अपेक्षित प्रस्ताव नआएपछि पुनः सूचना जारी गरिएको हो।

प्याकेजअन्तर्गत ललितपुरको धापाखेलस्थित सुमेरु अस्पताल, सिटी हस्पिटल, एशियन कलेज, शंकरापुर कलेज तथा विभिन्न जग्गा र भवनहरू समावेश छन्।  

प्रस्ताव स्वीकृत भएपछि १५ दिनभित्र सम्पूर्ण रकम बुझाउनुपर्ने र १० प्रतिशत धरौटी अनिवार्य गरिएको छ।

बागमती प्रदेश सरकारले सुमेरु सहकारीलाई २०८१ पुस २८ मा समस्याग्रस्त घोषणा गरेको थियो।  

करिब १० अर्ब रुपैयाँभन्दा बढी बचत अपचलन भएको आरोपपछि सहकारीको सम्पत्ति व्यवस्थापन जटिल बनेको छ।

पूर्वअध्यक्ष भरत महर्जनविरुद्ध ठगी आरोपमा इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरिएको छ भने उनी हाल फरार रहेको बताइएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.