काठमाण्डौ । सुजल डेरीले काठमाण्डौमा ‘ह्याप्पी काउ मिल्क’ उपलब्ध गराएको छ । उपभोक्ताको माग अनुसार गाईको शुद्ध दुध काठमाण्डौको बजारमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार काठमाण्डौ बजारमा ‘सफल ह्याप्पी काउ मिल्क’ गाईको दुध उत्पादन हुने क्षेत्रबाट संकलन गरी गाईको दुधको प्राकृतिक सुगन्ध,स्वाद र पौष्टिकतालाई ध्यान दिई अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिन्छ । यो दुधको प्रत्येक प्याकेट क्रिमयुक्त हुने र ताजा,शुद्ध र गुणस्तरको हुने कम्पनीले जनाएको छ ।
यो दुधमा न्यूनतम ३.५ प्रतिशत फ्याट र न्यूनतम ७.५ प्रतिशत एसएनएफ हुने हुँदा सजिलै पचाउन सकिने कम्पनीले जनाएको छ । सफल ह्याप्पी काउ मिल्क बजारमा ५ सय एमएलको पाउचमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको अधिकतम बिक्री मूल्य ६० रुपैयाँ तोकिएको छ ।