सोमबार, असार १५,२०८३ 09:43:57
Bizshala
  • सोमबार, असार १५,२०८३ 09:43:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको अनुगमन तीव्र, मन्त्री मेहेताको नेतृत्वमा खाद्य सुरक्षा अभियान थप प्रभावकारी

Laxmi Sunrise Bank Limited
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको अनुगमन तीव्र, मन्त्री मेहेताको नेतृत्वमा खाद्य सुरक्षा अभियान थप प्रभावकारी

काठमाण्डौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेताको निर्देशनमा मन्त्रालयले खाद्य सुरक्षा, गुणस्तर तथा उपभोक्ता स्वास्थ्य संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै बजार अनुगमनलाई थप तीव्र बनाएको छ। मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिति २०८३ असार १४ गते (आइतबार)काठमाण्डौ उपत्यकामा घुम्ती प्रयोगशाला (मोबाइल ल्याब) सहित तीनवटा छुट्टाछुट्टै टोली परिचालन गरी व्यापक अनुगमन तथा निरीक्षण गरेको हो।

होटल तथा रेष्टुरेन्ट अनुगमन टोलीले काठमाडौं महानगरपालिका–१०, बानेश्वरस्थित आनन्द भूमि बिजनेस सेन्टरको स्टोरमा कस्मेटिक ग्रेडको रोज वाटर खाद्य प्रयोजनका लागि राखिएको भेटेपछि उक्त अखाद्य रोज वाटर तत्काल नष्ट गरेको छ। साथै, सम्बन्धित व्यवसायीलाई आवश्यक कागजातसहित पाँच दिनभित्र विभागमा उपस्थित भई स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।

New Office
CG Motors
Garima Development Bank

त्यसैगरी, दोस्रो टोलीले कालिमाटी फलफूल तथा तरकारी बजार बाट विभिन्न तरकारी तथा फलफूलका नमुना संकलन गरी विषादी अवशेष परीक्षण गरेको थियो। परीक्षण गरिएका २२ वटा विभिन्न प्रकारका ताजा फलफूल तथा तरकारी को प्रतिवेदन खाद्य मापदण्डअनुकूल रहेको विभागले जनाएको छ।

यसैबीच, तेस्रो टोलीले भक्तपुरस्थित दुई डेरी उद्योगमा अनुगमन गरी उत्पादन प्रक्रिया, सरसफाइ तथा गुणस्तर व्यवस्थापनमा आवश्यक सुधार गर्न निर्देशन दिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मन्त्री निशा मेहेताले जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य तथा उपभोग्य वस्तुको गुणस्तरमा कुनै सम्झौता नहुने स्पष्ट गर्दै, उपभोक्ताको स्वास्थ्यमा जोखिम सिर्जना गर्ने व्यक्ति वा संस्थामाथि कानुनबमोजिम कडा कारबाही गरिने बताइन। उनले बजारलाई सुरक्षित, स्वच्छ र गुणस्तरीय बनाउन मन्त्रालयको अनुगमन तथा नियमन अभियान अझ प्रभावकारी ढंगले निरन्तर सञ्चालन हुने पनि जानकारी दिइन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमनसम्बन्धी विस्तृत विवरण संलग्न प्रतिवेदनमार्फत सार्वजनिक गरेको जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.