काठमाण्डौ । बुधबार सेयरबजारमा ३ अर्ब ८६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युरिटिज, नासा सेक्युरिटिज, कलश स्टक मार्केट, नबिल स्टक डिलर र सनि सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा मेगा स्टक मार्केट्स, भिजन सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, ओपल सेक्युरिटिज र दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा अनलाइन सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज ७३ करोड ९१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५१.६८ प्रतिशत सेयर खरिद भएको छ भने ४८.३२ प्रतिशत सेयर बिक्री भएको छ ।


