आईतवार, श्रावण १०,२०८३ 02:03:59
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 02:03:59
Bizshala
Global IME Bank Limited

३ प्रतिशत ब्याजमा स्टार्टअप कर्जा: देशभरबाट ९६६ उद्यम छनोट, अब बैंकमा कागजात बुझाउनुपर्ने

– कृषि, पशुपालनदेखि प्रविधिसम्मका व्यवसायले पाए प्राथमिकता

३ प्रतिशत ब्याजमा स्टार्टअप कर्जा: देशभरबाट ९६६ उद्यम छनोट, अब बैंकमा कागजात बुझाउनुपर्ने
New Office

 

काठमाण्डौ । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि सहुलियतपूर्ण स्टार्टअप कर्जा प्राप्त गर्ने ९६६ उद्यम तथा परियोजना अन्तिम रूपमा छनोट गरेको छ। छनोटमा परेका उद्यमीलाई अब तोकिएको बैंक शाखामा आवश्यक कागजात बुझाएर कर्जा प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मंगलबार अन्तिम सिफारिस सूची सार्वजनिक गर्दै छनोट भएका उद्यमीलाई तीन दिनभित्र सम्बन्धित बैंक शाखामा सम्पर्क गर्न सूचना जारी गरेको हो।

सरकारले यस आर्थिक वर्ष स्टार्टअप उद्यमलाई केवल ३ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन ६९ करोड रुपैयाँ बजेट छुट्याएको छ। युवा उद्यमशीलता प्रवर्द्धन, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमअन्तर्गत देशभरबाट आवेदन संकलन गरिएको थियो।प्रतिष्ठानका अनुसार यो वार्षिक कार्यक्रम भएकाले असार मसान्तपछि सिफारिस स्वतः निष्क्रिय हुने भएकाले समयमै बैंक प्रक्रिया पूरा गर्नुपर्नेछ।

छनोट भएका उद्यमीले व्यवसाय दर्ता तथा नवीकरण प्रमाणपत्र, प्यान वा भ्याट दर्ता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता प्रमाणपत्र तथा पासपोर्ट साइजको फोटोसहित बैंकमा उपस्थित हुनुपर्नेछ। यस्तै, यसअघि सरकारले दिएको सहुलियतपूर्ण कर्जा लिएर अझै भुक्तानी नगरेका उद्यमीले भने पुनः यही सुविधा पाउने छैनन्।

यसअघि प्रतिष्ठानले १ हजार २९८ परियोजनालाई प्रारम्भिक सूचीमा समेटेको थियो। त्यसपछि परियोजनाको विस्तृत प्रस्तुतीकरण, थप विवरण, फोटो तथा भिडियो मूल्याङ्कनका आधारमा १ हजार १५६ प्रस्ताव अन्तिम मूल्याङ्कनमा सहभागी भएका थिए। त्यसबाट ९६६ परियोजना अन्तिम छनोटमा परेका हुन्।

प्रतिष्ठानका अनुसार यस वर्ष छनोट भएका अधिकांश परियोजना कृषि, पशुपालन, कृषि प्रशोधन तथा ग्रामीण उत्पादनमा आधारित छन्। साथै प्रविधि, उत्पादन, सेवा तथा नवप्रवर्तनसँग सम्बन्धित विभिन्न स्टार्टअप व्यवसायले पनि कर्जा सुविधा पाउने भएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.