बिहीबार, श्रावण ७,२०८३ 01:09:14
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 01:09:14
Bizshala
Global IME Bank Limited

मनसुनको बेला कारलाई कसरी राख्ने फिट ? यी टिप्स लाग्न सक्छन् काम

मनसुनको बेला कारलाई कसरी राख्ने फिट ? यी टिप्स लाग्न सक्छन् काम
New Office

काठमाण्डौ । उखरमाउलो गर्मीपछि हाल नेपालमा मनसुन शुरु भएको छ। वर्षाले एकातर्फ गर्मीबाट राहत दिन्छ भने अर्कोतर्फ सवारी साधन चलाउनेहरूका लागि धेरै चुनौतीहरू पनि ल्याउँछ। वर्षाका दिनहरूमा चिप्लो सडक, कम दृश्यता, ठाउँ–ठाउँमा पानी जम्ने समस्या र भारी ट्राफिक जाम जस्ता समस्या सामान्य हुन्छन्। सडकमा पानी जम्ने वा जामलाई हामी रोक्न सक्दैनौं, तर केही सरल उपाय अपनाएर आफ्नो कारलाई बिग्रनबाट र खिया लाग्ने जस्ता क्षतिबाट अवश्य बचाउन सकिन्छ। आउनुहोस्, मनसुनमा कारको हेरचाहसँग सम्बन्धित यी ६ महत्वपूर्ण टिप्सबारे जानौं।

प्री–मनसुन कार चेकअप

वर्षा ऋतु पूर्ण रूपमा शुरु हुनुअघि आफ्नो कार नजिकको सर्भिस सेन्टरमा लगेर जाँच गराउनु पर्छ। यसले कारका साना–साना समस्या समयमै पहिचान गर्न मद्दत गर्छ र शुरुमा नै कम खर्चमा मर्मत गर्न सकिन्छ। यसले पछि हुने झन्झटबाट बचाउँछ।

टायरहरूको जाँच गर्नुहोस्

सडक र तपाईंको कारबीचको एकमात्र सम्पर्क टायरहरू हुन्, त्यसैले वर्षामा यसको अवस्था सबैभन्दा महत्त्वपूर्ण हुन्छ।

ग्रिप जाँच गर्नुहोस् – टायर अत्यधिक घिसिएको छ कि छैन भनेर हेर्नुहोस्। मोटरअक्टेनको रिपोर्ट अनुसार टायरमा रहेका ग्रूभ (लाइनहरू) ले पानीलाई टायरको तलबाट बाहिर निकाल्न मद्दत गर्छ, जसले गाडी चिप्लिनबाट जोगाउँछ। यदि टायर पुराना वा अत्यधिक घिसिएका छन् भने तुरुन्तै परिवर्तन गर्नुहोस्, किनकि यो सुरक्षा सम्बन्धी अत्यन्त आवश्यक कुरा हो।

सही हावाको दबाब – टायरमा कम्पनीले तोकेको हावाको दबाब सधैं कायम राख्नुहोस्। सही दबाबले गाडीको माइलेज पनि राम्रो बनाउँछ।

ब्याट्री र वायरिङ्

भारी वर्षा र ह्युमिडिटीले कारको विद्युतीय प्रणालीलाई सबैभन्दा बढी असर गर्छ।

ब्याट्री र टर्मिनल – मेकानिकबाट ब्याट्रीको चार्जिङ क्षमता जाँच गराउनुहोस्। ब्याट्रीका टर्मिनलमा सेतो वा हरियो धुलो ९खिया० जमेको छ कि छैन र कनेक्सन मजबुत छ कि छैन हेर्नुहोस्।

खुला तारहरू – कारको भित्री भाग वा बोनट मुनि कुनै पनि तार खुला वा काटिएको छैन भन्ने सुनिश्चित गर्नुहोस्। पानीको एक थोपा पनि खुला तारमा परेमा सर्ट सर्किट हुन सक्छ।

वाइपर र बत्तीहरू

वर्षामा स्पष्ट देख्नु सबैभन्दा ठूलो चुनौती हुन्छ, त्यसैले यी फिचरहरू पूर्ण रूपमा कार्यरत हुनु आवश्यक छ।

वाइपर परिवर्तन गर्नुहोस् – वाइपर चलाउँदा सिसामा धर्का छोड्छ वा आवाज आउँछ भने यसको रबर बिग्रिएको हुन्छ। यस्तो अवस्थामा नयाँ वाइपर लगाउनुहोस्।

बत्तीहरू – हेडलाइट, टेललाइट, इन्डिकेटर र फग लाइटहरू ठीकसँग काम गरिरहेका छन् कि छैनन् जाँच गर्नुहोस्, ताकि भारी वर्षामा पनि अन्य सवारी साधनहरूले तपाईंको गाडी स्पष्ट देख्न सकून्।

ब्रेकको जाँच गर्नुहोस्

लामो दूरीमा रोकिने गाडी – ब्रेक लगाउँदा गाडी ढिलो रोकिन्छ वा केही दूरीसम्म घिस्रिएर मात्र रोकिन्छ भने तुरुन्त जाँच गराउनुहोस्।

ब्रेक आयल र प्याड – दुर्घटनाबाट बच्न ब्रेक प्याड, क्यालिपर र ब्रेक आयलको जाँच गराउनुहोस्, ताकि आवश्यक पर्दा ब्रेक तुरुन्त र सही रूपमा काम गरोस्।

खिया र पानी चुहावट

आर्द्रता र पानी धातुको सबैभन्दा ठूलो शत्रु हुन्, जसले गाडीमा खिया लगाउँछ।

पेन्ट र स्क्र्याच – कारको बडीमा पेन्ट उखेलिएको वा गहिरो स्क्र्याच भएको ठाउँ तुरुन्त मर्मत गर्नुहोस्, नत्र वर्षाको पानीले त्यहाँ खिया लाग्ने सम्भावना हुन्छ।

ढोकाको रबर – ढोका र झ्याल वरिपरि भएको रबर काटिएको वा ढिलो भएको छ कि छैन जाँच गर्नुहोस्। यदि रबर बिग्रिएको छ भने पानी भित्र छिरेर सिट र केबिन गन्हाउने तथा बिग्रने सम्भावना हुन्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.