बिहीबार, असार ११,२०८३ 04:39:28
Bizshala
  • बिहीबार, असार ११,२०८३ 04:39:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेमा १९६० को सपोर्ट जोनमा 'इन्भर्टेड ह्यम्मर क्याण्डल', रिभर्सलको संकेत

Laxmi Sunrise Bank Limited
नेप्सेमा  १९६० को सपोर्ट जोनमा 'इन्भर्टेड ह्यम्मर क्याण्डल', रिभर्सलको संकेत

काठमाण्डौ । यो साता पनि सेयर बजारमा ४ दिन कारोबार भयो । चार दिनमा बजार २ दिन बढ्यो भने २ दिन नै घट्यो । अघिल्लो साता १९७२.१४ मा बन्द भएको बजार यो साता १९६५.९३  को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता दोस्रो बजारमा ६.१४ अंकले बजार घट्यो । अघिल्लो साता बजारमा ५३.५६ अंकको गिरावट आएको थियो ।

 यो साता दोस्रो बजारमा ९.१२  अर्बको कारोबार भयो । अघिल्लो साता भने बजारमा १०.०५ अर्बबराबरको कारोबार भएको थियो ।  यस हिसाबले यो साता नेप्से परिसूचक घट्दा कारोबारमा पनि गिरावट आएको छ । यो साता बजार पूँजीकरण ३१ खर्ब १७ अर्ब रुपैयाँ कायम भएको छ । अघिल्लो साता बजार पूँजीकरण ३१ खर्ब २७ अर्ब थियो । यो साता नेप्से परिसूचकमा गिरावट आँउदा बजार पूँजीकरण पनि १० अर्बले घटेको छ ।  

New Office
CG Motors
Garima Development Bank

क्याण्डल स्टिकको आधारमा  

क्याण्डल स्टिकको विकास १८ औं शताब्दिमा जापानका  एक धान व्यापारी म्युनिहोसा होमाले प्रतिपादन गरेको थिए । पछि १९९१ मा युलाई एक पुस्तकमार्फत प्रकाशित गरिए पछि विश्वभर यसको पय्रोग हुन थालेको हो ।  

नेप्सेको चार्टमा यो साता बनेको क्याण्डललाई साप्ताहिक क्याण्डल स्टिकमार्फत नियाल्दा सपोर्ट जोन १९६० को तहमा इन्भर्टेड ह्याम्मर क्याण्डल बनेको छ । यसलाई उल्टो ह्याम्मर पनि भनिन्छ । यसले सम्भावित बजारको दिशा परिवर्तन अर्थात रिर्भसल लिंदै गरेको संकेत गर्छ ।  

बोलिङगर ब्याण्ड , म्याक्डी र आरएसआई  

साप्ताहिक रुपमा बोलिङगर ब्याण्ड मार्फत नियाल्दा केही समय पहिले मूल्य रेखाले अपर ब्याण्डलाई छोएर खसेको बजारले तल्लो ब्याण्डमा आएको छ । डेली बेसमा हेर्दा यो साताका ४ वटै क्याण्डलहरु तल्लो ब्याण्डमा चलेका छन् । कारोबार तथा भोल्युम पनि बिस्तारै ड्राइ अप हुँदै गएको छ । म्याक्डीमा केही समय पहिले बनेको वियरिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम केही छोटा र फिक्का बनेका छन । आरएसआई ओभर सोल्ड जोन नजिक ३५ को तहमा पुगेको छ । समग्रमा तीन वटै विन्दुबाट नियाल्दा बजार करिब–करिब बटमको तहमा पुगेको छ ।  

पिभट् विश्लेषण  

पिभट विश्लेषणमा सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२०७८

प्रतिरोध २ –२०५५

प्रतिरोध १– २०१३

पिभट प्वइन्टः १९९०

घटेमा सपोर्ट  

सपोर्ट १– १९५०

सपोर्ट २– १९२५

सपोर्ट  ३ –१८८५

निष्कर्ष  ः यो साता दोस्रो बजारमा ४  दिनमात्रै सेयर कारोबार भयो । जसमा बजार जम्मा ६ अंकले घट्यो । अघिल्लो साता बाजार ५३.५६ अंकले घटेर बन्द भएको थियो । आरएसआई र मनी फ्लो इन्डेक्स जस्ता इन्डिकेटरबाट नियाल्दा बजार ओभर सोल्ड जोन नजिक आएको देखिन्छ । बजारको बिगतको अवस्थालाई समेत हेर्दा यो साता न्यून विन्दु १९६० मा इन्भर्टेड ह्याम्मर बनेको  देखिन्छ । यो भनेको बजारमा सम्भावित रिभर्सलको संकते हो ।  

यस्तो संकेत अघिल्लो साताको कारोबारमा देखिएको थिएन । अघिल्लो साता भन्दा यो साता बजार घट्ने क्रम पनि घटेको छ । यो साता पिभटमार्फत नियाल्दा बजारले  पिभट् प्वइन्ट १९९० मा प्रतिरोध सामाना गरेको छ । बजारले पहिलो सपोर्ट १९५० मा लियो । यस हिसाबले यो साताको बजारले सपोर्ट जोनमा रिभर्सल प्रकृतिको क्याण्डल बनाएको छ । तर यसको निश्चिनताको लागि भने बजारले आगामी साता १९९० भन्दा माथि बन्द भएर सम्भावित माथिको यात्रा तय गर्नुपर्नेछ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.