सोमबार, श्रावण १८,२०८३ 04:47:25
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:47:25
Bizshala
Global IME Bank Limited

श्रीलङ्काको कारागारमा झडप, १९ जनाको मृत्यु; सयभन्दा बढी घाइते

श्रीलङ्काको कारागारमा झडप, १९ जनाको मृत्यु; सयभन्दा बढी घाइते
New Office

काठमाडौं । श्रीलङ्काको राजधानी कोलम्बोनजिकै रहेको एक कारागारमा झडप हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । घटनामा सयभन्दा बढी कैदी घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार कोलम्बोबाट करिब ३५ किलोमिटर उत्तरतर्फ रहेको नेगोम्बो कारागारमा आइतबारदेखि सुरु भएको झडप सोमबारसम्म पनि नियन्त्रणमा आउन सकेको थिएन ।

नेगोम्बो अस्पतालकी निर्देशक पुष्पा गमलाथले एएफपीलाई दिएको जानकारीअनुसार अस्पतालमा ४ सुरक्षाकर्मी र १५ कैदीसहित १९ जनाको शव ल्याइएको छ । उनका अनुसार सयभन्दा बढी घाइते कैदीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

प्रहरी प्रवक्ता चन्दना हेराथले कारागारमा झडप भएको र मानवीय क्षति भएको पुष्टि गरे पनि घटनाबारे थप विवरण सार्वजनिक गरेका छैनन् ।

कडा सुरक्षा घेराभित्र रहेको कारागारमा यति ठूलो झडप कसरी सुरु भयो भन्ने विषय अझै खुलेको छैन । घटनापछि कारागार क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.