मंगलवार, माघ २२,२०८१ 12:49:22
IME remit
  • मंगलवार, माघ २२,२०८१ 12:49:22
IME remit
Global IME Bank Limited

बीमा कम्पनीमा आईआरएमआईएस प्रणाली अनिवार्य, डेटा म्यानुपुलेटको समस्या हट्ने

Hyundai Nepal
बीमा कम्पनीमा आईआरएमआईएस प्रणाली अनिवार्य, डेटा म्यानुपुलेटको समस्या हट्ने
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि यही माघ महिनादेखि अनिवार्य रुपमा इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आईआरएमआईएस) मागर्दशन लागू गरेको छ ।  

प्राधिकरणका अनुसार अब जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले बीमा तथ्याङ्क तथा सूचनाहरु प्राधिकरणले माग गरेबमोजिम आईआरएमआईएस प्रणालीमार्फत् उपलब्ध गराउनुपर्नेछ ।  

यसअघि बीमा कम्पनीहरुले सो खालका तथ्याङ्क तथा सूचनाहरु हार्डकपी नै बुझाउँदै आएका थिए । 

Bizshala
CG Motors
Sagarmatha Cement

प्राधिकरणले साउनदेखि नियामक तथा बीमा कम्पनीको तथ्याङ्क व्यवस्थापन र काम पारदर्शी बनाउन आईआरएमआईएसी प्रणाली ट्रायलमा ल्याएको थियो ।  

साउनदेखि यता केही बीमा कम्पनीले सो प्रणालीमार्फत नै र केही बीमा कम्पनीले भने हार्डकपीमै तथ्याङ्क लगायत सूचनाहरु प्राधिकरणमा पेश गर्दै आएका प्राधिकरणका उप–निर्देशक शाम्भाराज लामिछानेले बताए ।  

उनअनुसार माघदेखि भने बीमा कम्पनीहरुले अनिवार्य रुपमा नै आईआरएमआईएस प्रणालीबाटै तथ्याङ्कहरु उपलब्ध गराउनुपर्नेछ । उक्त प्रणालीपश्चात् अब बीमा कम्पनीहरुको दाबी भुक्तानी, बीमाशुल्क जस्ता तथ्याङ्क प्रशोधन गर्न सजिलो हुने लामिछानेले बताए ।  

‘यसअघि आईआरएमआईएस प्रणाली लागू नहुँदा बीमा कम्पनीहरुको तथ्याङ्क एक्युरेट हुन्थेन, कम्पनीहरुले बुझाउनुपर्ने डाटा समेत म्यानुपुलेट गरेको पाइन्थ्यो, यो प्रणाली लागू भइसकेपछि बीमा कम्पनीको तथ्याङ्क जे हुनुपर्ने हो दुरुस्त उपलब्ध हुनेछ ।’ लामिछानेले बिजशालासँग भने ।  

प्राधिकरणले बीमा कम्पनीलाई लगइन आइडी उपलब्ध गराउने र सोही प्रणालीमा कम्पनीले आफ्नो तथ्याङ्क प्रविष्ट गर्नुपर्ने मागर्दशनमा उल्लेख छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.