शुक्रबार, असार २६,२०८३ 04:39:56
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 04:39:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राष्ट्रिय सभामा प्रधानमन्त्री बालेनको राजीनामा माग

Laxmi Sunrise Bank Limited
राष्ट्रिय सभामा प्रधानमन्त्री बालेनको राजीनामा माग

 

काठमाण्डौ ।  राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले गणेश नेपालीको मृत्युको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री बालेन शाहले राजीनामा दिनुपर्ने माग गरेका छन्।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै नेकपाका सांसद विश्वकर्माले घटनामा सरकार र सुरक्षाकर्मीको भूमिकामाथि गम्भीर प्रश्न उठाए। उनले घटनाका क्रममा संवेदनशीलता नदेखाउने प्रहरी तथा सम्बन्धित सुरक्षाकर्मीमाथि निष्पक्ष छानबिन गरी कडा कारबाही गर्नुपर्ने बताए।

New Office
CG Motors
Garima Development Bank

गणेश नेपालीमाथि मानवीय व्यवहार नगरिएको आरोप लगाउँदै उनले सरकारको कार्यशैलीलाई क्रूर र गैरजिम्मेवार भएको टिप्पणी गरे।

“घटनास्थलमा रहेका सुरक्षाकर्मीको व्यवहारबारे तत्काल छानबिन हुनुपर्छ। दोषी देखिएका ट्राफिक प्रहरी, नगर प्रहरी तथा अन्य सुरक्षाकर्मीलाई कडाभन्दा कडा कारबाही गरियोस्,” उनले भने।

सांसद विश्वकर्माले गणेश नेपालीको मृत्यु भएपछि पनि सरकार जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाए। सरकारसँग नैतिकता बाँकी रहेको भए प्रधानमन्त्रीले तत्काल पदबाट राजीनामा दिनुपर्ने उनको भनाइ थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

“गणेश नेपालीको मृत्यु भइसकेको अवस्थामा सरकार कुर्सीमा टाँसिइरहनु उचित हुँदैन,” उनले भने, “नैतिकता छ भने प्रधानमन्त्री बालेन शाहले तुरुन्त राजीनामा दिनुपर्छ।”

गणेश नेपालीको मृत्युपछि सरकारको भूमिका, सुरक्षाकर्मीको व्यवहार र घटनाको निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शनसमेत भइरहेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.