आईतवार, श्रावण १७,२०८३ 10:16:47
Bizshala
  • आईतवार, श्रावण १७,२०८३ 10:16:47
Bizshala
Global IME Bank Limited

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न
New Office

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग र सहजिकरणमा दार्चुलाका नौ जनाको आँखाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न भएको छ । 

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैशाख २९ र ३० गते जिल्ला अस्पताल दार्चुला र दार्चुलाकै दुुहुँ गाउँपालिकामा सञ्चालन गरिएको निःशल्क आँखा शिविरमा गरिएको परीक्षणमा मोतियाविन्दुको शल्यक्रिया गराउनुपर्ने देखिएका ११ जनामध्ये नौ जनाको गेटा आँखा अस्पताल डडेलधुरामा हालै शल्यक्रिया गरिएको हो ।

शल्यक्रियाका लागि ११ जनालाई नै अस्पताल लगिए पनि दुई जनाको भने स्वास्थ्य अवस्थाका कारण शल्यक्रिया गर्न सम्भव भएन । 

यसअघिका दुई वटै शिविरमा गरी सात सय जना भन्दा बढीको निःशुल्क आँखा परीक्षण गर्नुका साथै ४८७ जनालाई चश्मा र ६०० जनालाई औषधी वितरण गरिएको थियो ।

आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.