मंगलवार, असार ३०,२०८३ 05:31:52
Bizshala
  • मंगलवार, असार ३०,२०८३ 05:31:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सरकारको करार कर्मचारी हटाउने तयारीविरुद्ध अर्थ मन्त्रालयको गेटमा धर्ना

Laxmi Sunrise Bank Limited
सरकारको करार कर्मचारी हटाउने तयारीविरुद्ध अर्थ मन्त्रालयको गेटमा धर्ना

 

 काठमाण्डौ । सरकारले करार सेवामा कार्यरत कर्मचारी हटाएर आउटसोर्सिङमार्फत जनशक्ति व्यवस्थापन गर्ने तयारी गरेको भन्दै विभिन्न मन्त्रालयका करार कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।

मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयको मुख्य प्रवेशद्वार अगाडि १८ वटै मन्त्रालयमा कार्यरत करार कर्मचारीहरूले धर्ना दिएका हुन्।

सरकारको प्रस्तावित व्यवस्थाले लामो समयदेखि करार सेवामा कार्यरत हजारौँ कर्मचारीको रोजगारी असुरक्षित हुने उनीहरूको भनाइ छ। आउटसोर्सिङ प्रणाली लागू गरिए हाल कार्यरत कर्मचारीहरू सेवाबाट हट्न सक्ने भन्दै उनीहरूले सरकारको तयारीप्रति आपत्ति जनाएका छन्।

 

New Office
CG Motors
Garima Development Bank

आन्दोलनरत कर्मचारीहरूले करार सेवामा कार्यरत कर्मचारीहरूको रोजगारी र सेवाको निरन्तरता सुनिश्चित गर्न माग गरेका छन्। उनीहरूले आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी तत्काल रोक्न तथा सरोकारवाला कर्मचारीसँग छलफल गरेर मात्र निर्णय लिन सरकारलाई आग्रह गरेका छन्।

आफ्ना माग सम्बोधन नभए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.