मंगलवार, आश्विन ६,२०८३ 02:53:51
Bizshala
  • मंगलवार, आश्विन ६,२०८३ 02:53:51
Bizshala
Global IME Bank Limited

स्वीकृत अवकाश कोषले बैंकको डिबेञ्चरमा गरेको लगानीको आम्दानीमा कर नलाग्ने

स्वीकृत अवकाश कोषले बैंकको डिबेञ्चरमा गरेको लगानीको आम्दानीमा कर नलाग्ने
New Office

काठमाण्डौ। आन्तरिक राजस्व विभागले स्वीकृत अवकाश कोषले बैंकको डिबेञ्चर खरिदमा गरेको लगानीबाट प्राप्त आम्दानीमा आयकर नलाग्ने स्पष्ट पारेको छ।

विभागले सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पठाएको पत्रमार्फत आयकर ऐन, २०५८ को दफा ६४ को उपदफा (२) बमोजिम स्वीकृत अवकाश कोषको आयमा कर नलाग्ने व्यवस्था रहेको जनाएको हो।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले स्वीकृत अवकाश कोषले गरेको लगानी, विशेषगरी डिबेञ्चर खरिदबाट प्राप्त आम्दानीमा कर लाग्ने वा नलाग्ने विषयमा स्पष्टता माग गर्दै विभागमा पत्राचार गरेको थियो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

विभागका अनुसार आयकर ऐन, २०५८ को दफा ६३ बमोजिम स्वीकृति प्राप्त अवकाश कोषको आयमा दफा ६४ को उपदफा (२) अनुसार कर छुटको व्यवस्था रहेको छ। त्यस्तै, आयकर नियमावली, २०५९ को नियम २० अनुसार स्वीकृत अवकाश कोषमा जम्मा भएको रकम वा कोषलाई प्राप्त हुने रकम तोकिएका स्वीकृत लगानीका क्षेत्रमा मात्र लगानी गर्नुपर्ने व्यवस्था छ।

नियमावलीको व्यवस्थाअनुसार प्रचलित कानूनबमोजिम स्थापना भएको नागरिक लगानी कोष, नेपाल सरकारले जारी गरेको ऋणपत्र, बैंकसम्बन्धी कानुनअन्तर्गत सञ्चालन भएका बैंक, बैंकसँग सहवित्तीयकरणको आधारमा गरिएको लगानी तथा आफ्ना सेयरधनीबाहेकका हिताधिकारीलाई गरिएको लगानीलाई स्वीकृत लगानी मानिन्छ।

विभागले बैंकसम्बन्धी प्रचलित कानूनअन्तर्गत सञ्चालन भएका बैंकको डिबेञ्चर खरिदमा गरिएको लगानी पनि स्वीकृत लगानीकै दायरामा पर्ने भएकाले त्यसबाट प्राप्त आम्दानीमा आयकर ऐन, २०५८ को दफा ६४ को उपदफा ९२० बमोजिम कर नलाग्ने निर्णय गरेको जनाएको छ।

उक्त निर्णय विभागले २०८३ साल असार २९ गते गरेको हो। निर्णयको जानकारी नेपाल राष्ट्र बैंक, नेपाल बैंक लिमिटेड कर्मचारी अवकाश कोष व्यवस्थापन ट्रष्टलगायत सम्बन्धित निकायलाई समेत गराइएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.