मंगलवार, आश्विन २७,२०८३ 11:51:15
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 11:51:15
Bizshala
Global IME Bank Limited

नयाँ एयरलाइन्स सञ्चालन गर्दै भारतीय धनाढ्य गौतम अडाणी

Bizshala
नयाँ एयरलाइन्स सञ्चालन गर्दै भारतीय धनाढ्य गौतम अडाणी
New Office

काठमाण्डौ । भारतीय अर्बपति गौतम अडाणी नेतृत्वको अदानी समूहले नयाँ एयरलाइन्स सञ्चालन गर्ने सम्भावनाबारे आन्तरिक अध्ययन गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रायटर्सले स्रोतलाई उद्धृत गर्दै जनाएको छ। यदि योजना कार्यान्वयनमा गएमा भारतको हवाई सेवा बजारमा हाल प्रभुत्व जमाइरहेका इन्डिगो र एयर इन्डियालाई नयाँ प्रतिस्पर्धी मिल्नेछ।

हाल अडाणी समूहले भारतका मुम्बईसहित आठवटा विमानस्थल सञ्चालन गरिरहेको छ। यसअघि समूहले एयरलाइन्स व्यवसायमा प्रवेश गर्ने योजना नरहेको बताएको भए पनि पछिल्लो समय रणनीतिमा परिवर्तनको संकेत देखिएको छ। यद्यपि, यस विषयमा अन्तिम निर्णय भने भइसकेको छैन।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

रायटर्सका अनुसार भारतीय सरकारले एयर इन्डियामाथि बढ्दो निगरानी तथा इन्डिगोमा देखिएका सञ्चालनसम्बन्धी समस्यापछि नयाँ ठूला एयरलाइन्स आवश्यक रहेको भन्दै अडाणीसहित केही व्यवसायिक समूहलाई यस क्षेत्रमा प्रवेश गर्न अनौपचारिक रूपमा प्रोत्साहन दिएको बताइएको छ।

अडाणी समूहले नयाँ एयरलाइन्स स्थापना गर्ने वा सञ्चालनमा रहेको कुनै एयरलाइन्समा हिस्सेदारी खरिद गर्ने दुवै विकल्पमाथि विचार गरिरहेको जनाइएको छ ।

भारतको आन्तरिक हवाई बजारमा इन्डिगोको करिब ६५.४ प्रतिशत र एयर इन्डियाको २५ प्रतिशत बजार हिस्सा रहेको छ। यस्तो अवस्थामा अडाणी समूहको सम्भावित प्रवेशले बजारमा प्रतिस्पर्धा बढाउने विश्लेषण गरिएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

यद्यपि, विमानस्थल सञ्चालन गर्ने कम्पनीले एयरलाइन्स पनि सञ्चालन गर्दा हितको द्वन्द्व उत्पन्न हुन सक्ने भन्दै विज्ञहरूले नियामकीय संरचना बलियो बनाउनुपर्ने सुझाव दिएका छन्। साथै, अडाणी समूहले विमानस्थल सञ्चालकलाई एयरलाइन्समा स्वामित्व राख्न लगाइएको कानुनी सीमालाई खुकुलो बनाउन सरकारसँग आग्रह गरेको खबर पनि सार्वजनिक भएको छ।

समाचार सार्वजनिक भएपछि भारतीय सेयर बजारमा अडाणी इन्टरप्राइजेजको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको थियो भने इन्डिगोको सेयर पनि ओरालो लागेको थियो। अर्कोतर्फ, स्पाइसजेटको सेयर मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X